पुस मसान्तमा कम्पनीलाई साधारण सभाको चटारो : एकैदिन ३२ ओटाले गर्दै, शेयरधनी दोधारमा !

काठमाडौं । पुस मसान्त नजिकिन लागेसँगै कम्पनीलाई साधारण सभाको चटारो परेको छ । अहिले दिनहुँ कुनै न कुनै कम्पनीको साधारण सभा हुने गरेको छ ।  कतिपय कम्पनी भने साधारणसभाको तयारीमा छन् । यही पुस २९ गते ३२ कम्पनीले साधारण सभा गर्ने भएका छन् । अहिले कम्पनीलाई साधारण सभा चटारोको कारण हो– पुस मसान्तभित्र अघिल्लो वर्षको साधारण सभा गरिसक्नुपर्ने प्रावधान । नयाँ आर्थिक वर्ष शुरु भएको ६ महीनाभित्र अघिल्लो वर्षको साधारण सभा गरिसक्नुपर्ने प्रावधान छ ।  एकैदिन धेरै कम्पनीको साधारण सभा पर्दा कतिपय शेयरधनी भने दोधारमा छन् । २९ गते साधारण सभा बोलाएका कम्पनीमध्ये एकभन्दा बढी कम्पनीमा शेयर भएका शेयरधनीलाई कुन कम्पनीको साधारणसभामा जाने दोधार देखिएको हो ।  साधारण सभामा कम्पनीका महत्त्वपूर्ण एजेण्डा हुने भएकोले पनि शेयरधनीको उपस्थिति अनिवार्य मानिन्छ ।  लाभांश नदिने कम्पनी धेरै  २९ गते साधारण सभा आयोजना गरेका कम्पनीमध्ये लाभांश नदिने धेरै छन् । उक्त दिन साधारण सभा बोलाएका ३२ कम्पनीमध्ये २२ कम्पनीले लाभांश प्रस्ताव गरेका छैनन् । १० कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्, जसमा सबैभन्दा बढी नगद लाभांश नेपाल टेलिकमले दिने प्रस्ताव गरेको छ । कम्पनीले ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  यी कम्पनीले गर्दैछन् साधारण सभा स्रोत : कम्पनीको सूचनाबाट ।