बाँके : बाढीले घर डुबानमा परेपछि नेपालगञ्ज उपमहानगरपालिका–२० गायत्रीटोलका पेम्बा तामाङ शुक्रबार रातिदेखि नजिकैको विद्यालयमा परिवारसहित आश्रित छिन्।उनी बस्ने कोठामा मात्रै करिब २५ देखि ३० जना बाढीपीडित रहेका छन्। उनलाई बाढीका कारण घर भत्किने हो कि भन्ने चिन्तासँगै डेंगु संक्रमणको अर्को चिन्ताले पिरोलेको छ। 'चिसो रात, त्यसमाथि लामखुट्टेले सुत्नै दिँदैन, रातभरि लामखुट्टे धपाउने मात्र काम हुन्छ', उनले भनिन्।अर्का बाढीपीडित शोभा बुढाको पीडा पनि उस्तै छ। यतिबेला उनी पनि डेंगु संक्र