काठमाडाैँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र सुदूरपश्चिम प्रदेश सरकारका अर्थ राज्य मन्त्री बलबहादुर सोडारीले अछामको बाढीपीडित क्षेत्रको अवलोकन गर्नु भएको छ । उहाँहरुले कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई राहतसमेत प्रदान गर्नुभएको छ । मृतकका सात परिवारलाई सरकारका तर्फबाट ७ लाख रुपैयाँ उपलव्ध गराइएको छ […]