सरकारले आउँदो आर्थिक वर्ष २०७९/८० का लागि न्यूनतम १८ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने भएको छ । बजेट तर्जुमा गर्न राष्ट्रिय योजना आयोगले आवश्यक मार्गदर्शन र बजेट सीमा सम्बन्धित मन्त्रालय, आयोग, सचिवालय, आयोग वा निकायमा पठाउने निर्णय गरिसकेको छ । संघ र प्रदेशको चुनाव हुने वर्षको आउँदो बजेट प्रचार र वितरणमुखी हुनेछ ।सरकारले चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८२ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । बजेटको अर्धवार्षिक मूल्याङ्कन क्रममा ८६ अर्ब ५५ करोड रुपैयाँले घटाउँदै १५ अर्ब ४६ अर्ब २८ कर