बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने तयारी सुरु

हेटौँडा। सत्तारुढ दलका सांसदहरुले बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने तयारी सुरु गरेका छन्। प्रदेश सभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धनकै नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षर संकलन सुरु भएको हो।