२३ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकामा आजबाट सडक र अन्य स्थानमा थुप्रिएको सबै फोहोर उठेको महानगरपालिकाले दाबी गरेको छ । काठमाडौंमा महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को सचिवालय अनुसार आज टेकुको सबै फोहोर उठेपछि काठमाडौंमा उठ्न बाँकी फोहोर सकिएको हो । ‘आजबाट काठमाडौंमा उठ्न बाँकी फोहोर छैन । महानगर भरि थुप्रिएको फोहोर सबै उठेपछि उठाउन बाँकी […]
उपत्यकाका सडकमा थुप्रिएको फोहोर उठिसकेको काठमाडौं महानगरपालिकाले जनाएको छ । स्थनीयले अवरोध गरेपछि पछिल्लो दुई महिनायता उपत्यकामा फोेहोर ढुवानी रोकिएको थियो । १ भदौदेखि स्थानीयले अवरोध हटाएपछि महानगरले निजी टिपर र ट्रकको...
२ असार, काठमाडौं । काठमाडौं महानगरपालिकामा आइतबाबाट फोहोरको स्रोतमै वर्गीकरण मात्रै उठाउने थालेपनि अपेक्षित फोहोर भने उठ्न सकेन । महानगरपालिकाको संकलन गरेको कुहिने फोहोरबाट मल बनाउने योजना भएपनि व्यवस्थापन गर्ने स्थान नभएपछि बञ्चरेडाँडास्थित ल्यान्डफिलसाइट मै लगिरहेको छ । यसअघि महानगरले कुहिने फोहोर महानगरभित्रै व्यवस्थापन गर्ने बताएको थियो । मेयर बालेन्द्र साह(बालेन)का सचिवालय सदस्य इन्जिनियर सुनिल […]
काठमाडौं, बैशाख २५। स्थानीयबासीको अवरोधका कारण १४ दिनदेखि अवरुद्ध फोहोर ढुवानी शुरू भएको छ। पटकपटक आग्रह गर्दा पनि स्थानीयबासीले फोहोर लैजान नदिएपछि हिजो शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरीबलको सुरक्षा घेरामा फोहोर विसर्जन भएको हो। मुबु-तीनपिप्ले बण्डको बाटो कालोपत्रे गर्नुपर्ने माग राख्दै स्थानीयवासीले वैशाख ११ गतेदेखि फोहोर ढुवानीमा अवरोध गरेका थिए। फोहोरका कारण राजधानीलगायत उपत्यकाका […]
स्थानायबासाका अवरोधका कारण १४ दिनदेखि अवरुद्ध फोहोर ढुवानी शुरू भएको छ। पटकपटक आग्रह गर्दा पनि स्थानीयबासीले फोहोर लैजान नदिएपछि हिजो शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरीबलको सुरक्षा घेरामा फोहोर विसर्जन भएको हो।मुबु-तीनपिप्ले बण्डको बाटो कालोपत्रे गर्नुपर्ने माग राख्दै स्थानीयवासीले वैशाख ११ गतेदेखि फोहोर ढुवानीमा अवरोध गरेका थिए। फोहोरका कारण राजधानीलगायत उपत्यकाका १८ स्थानीय निकायको फाहोर व्यवस्थापन हुन नसकेर दुर्गन्धित भएपछि सरकारले प्रहरी परिचालन मारी उपत्यकाको फोहोर सिसडोल ल्यान्डफिलमा लगे
पोखरा : पोखरा महानगरपालिका कार्यालय अगाडि रहेको फोहोर आज उठेको छ। महानगरपालिकाले ६ दिनपछि आफ्नो कार्यालय अगाडि थुपरिएको फोहोरको डंगुर उठाएको हो।
कार्यालय अगाडीको फोहोर उठेपनि पोखराका बाँकी सडकमा भने फोहोर उठेको छैन। जसकारण पर्यटकीय नगरी पोखरा दुर्गन्धित भएको छ।
वडा १४ स्थित बाच्छीबुढुवामा रहेको ‘ल्यान्डफिल साइट’बारे स्थानीयसँग विवाद चुलिएपछि…
काठमाडौं, चैत २ । एक सातादेखि थुप्रिएको राजधानीको फोहोर मंगलबार दिउँसोबाट उठेको छ । स्थानीय संघर्ष समिति र सरकारबीच सहमति भएपछि हिजोबाट फोहोर उठाउन शुरू भएको हो । मन्त्रिपरिषद्को बैठकले ‘र्यापिड एक्सन टाक्स फोर्स’ गठन गरी स्थानीयको माग सम्बोधन गर्ने निर्णय गरेलगत्तै स्थानीय आन्दोलनकारीसँग संवाद गरी त्यसको एक सातापछि फोहोर व्यवस्थापनको अवरोध हटेको हो । […]
ईश्वरराज ढकाल, काठमाडौं । स्थानीय अवरोधको कारण रोकिएको फोहोर हिजो बिहीबारबाट सूचारु भएको छ । सडक विभाग र काठमाडौं महानगरपालिकाको रोहबरमा स्थानीयको तर्फबाट तारकेश्वर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष मनोहरी तिवारी र शैलुङ कन्ट्रक्सनको अधिकारीबीच सहमति भएपछि सिसडोल ल्याण्डफिल साइटमा फोहोर बिसर्जन भएको हो । सहमति अनुसार चैत मशान्तभित्र मुड्खु गेटदेखि तीनपिप्लेसम्मको सडक कालोपत्रे […]
फागुन १२, काठमाडौं । १२ दिनपछि बल्ल काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न थालिएको छ ।
बुधवार स्थानीय र सरोकारवालाबीचका छलफलमा तत्काल सडक निर्माणको काम सम्पन्न गर्ने सहमति भएपछि बिहीवार बिहानदेखि उपत्यकको १८ स्थानीय तहका फोहोर विसर्जन हुन थालिएको हो ।
तोकिएका समयमा सडक निर्माणको काम सम्पन्न नगरेको जनाउँदै स्थानीयको अवरोधका कारण यही फागुन १ गतेदेखि फोहोर उठ्न सकेको थिएन ।
हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्नेछ किलोमिटर बाटो मर्मतको काम समयमा नै सम्पन्न नगरेको जनाउँदै पासाङल्हामु राजमार्गका स्थानीयले गरेको अवरोधका कारण ती स्थानीय तहको फोहर उठ्न नसकेको हो ।
१२ दिनपछि फोहरको व्यवस्थापन आज बिहानदेखि हुन थाले पनि यसअघि काठमाडौं उपत्यकाको सडकमा जम्मा भएको सबै फोहर व्यवस्थापन गर्न भने कम्तीमा पाँच दिन लाग्ने कामपाको भनाइ छ ।
ती स्थानीय तहको फोहर विसर्जन गर्नका लागि दीर्घकालिन समाधान हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको कामपा वातावरण विभागको प्रमुख सरिता राईको भनाइ छ ।
उनका अनुसार २०७० सालदेखि शुरु गरेको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटकपटक स्थानीयले आन्दोलन गर्दा फोहर विसर्जनमा अवरोध हुने गरेको छ । ‘यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ’, उनले भने, ‘त्यसका लागि बाटो छिटो निर्माण सम्पन्न गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ ।’
सडक बनाउने जिम्मेवारी
संघीय सरकारको भए पनि उपत्यकाको फोहोर पटकपटक रोकिँदा गाली कामपाको खाने गरेको छ । हाल बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण कार्य भइरहेको र निर्धारित समस्यमा काम सम्पन्न नहुँदा समस्या भएको पनि कामपाको भनाइ छ ।
कामपाले नियमितरुपमा उपत्यकाको फोहर विसर्जन गर्ने हो भने केन्द्र सरकारले छिटोभन्दा छिटो दीर्घकालीन समाधन खोज्न आवश्यक रहेको भन्दै अन्यथा आगामी बर्खाका समयमा झन ठूलो समस्या आउने जानकारी दिएको छ ।
काठमाडौं उपत्यकाको फोहोर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हुँदै आएको छ उक्त स्थान पनि भरिएपछि फोहोर व्यवस्थापनमा थप समस्या हुन थालेको हो ।
हाल फोहोर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाको भनाइ छ । रासस