१४ दिनपछि बल्ल उठ्यो फोहोर

काठमाडौं, बैशाख २५। स्थानीयबासीको अवरोधका कारण १४ दिनदेखि अवरुद्ध फोहोर ढुवानी शुरू भएको छ। पटकपटक आग्रह गर्दा पनि स्थानीयबासीले फोहोर लैजान नदिएपछि हिजो शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरीबलको सुरक्षा घेरामा फोहोर विसर्जन भएको हो। मुबु-तीनपिप्ले बण्डको बाटो कालोपत्रे गर्नुपर्ने माग राख्दै स्थानीयवासीले वैशाख ११ गतेदेखि फोहोर ढुवानीमा अवरोध गरेका थिए। फोहोरका कारण राजधानीलगायत उपत्यकाका […]

सम्बन्धित सामग्री

१४ दिनपछि बल्ल उठ्यो फोहोर

स्थानायबासाका अवरोधका कारण १४ दिनदेखि अवरुद्ध फोहोर ढुवानी शुरू भएको छ। पटकपटक आग्रह गर्दा पनि स्थानीयबासीले फोहोर लैजान नदिएपछि हिजो शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरीबलको सुरक्षा घेरामा फोहोर विसर्जन भएको हो।मुबु-तीनपिप्ले बण्डको बाटो कालोपत्रे गर्नुपर्ने माग राख्दै स्थानीयवासीले वैशाख ११ गतेदेखि फोहोर ढुवानीमा अवरोध गरेका थिए। फोहोरका कारण राजधानीलगायत उपत्यकाका १८ स्थानीय निकायको फाहोर व्यवस्थापन हुन नसकेर दुर्गन्धित भएपछि सरकारले प्रहरी परिचालन मारी उपत्यकाको फोहोर सिसडोल ल्यान्डफिलमा लगे

१२ दिनपछि बल्ल उठ्यो उपत्यकाको फोहोर

फागुन १२, काठमाडौं । १२ दिनपछि बल्ल काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न थालिएको छ । बुधवार स्थानीय र सरोकारवालाबीचका छलफलमा तत्काल सडक निर्माणको काम सम्पन्न गर्ने सहमति भएपछि बिहीवार बिहानदेखि उपत्यकको १८ स्थानीय तहका फोहोर विसर्जन हुन थालिएको हो । तोकिएका समयमा सडक निर्माणको काम सम्पन्न नगरेको जनाउँदै स्थानीयको अवरोधका कारण यही फागुन १ गतेदेखि फोहोर उठ्न सकेको थिएन ।  हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्नेछ किलोमिटर बाटो मर्मतको काम समयमा नै सम्पन्न नगरेको जनाउँदै पासाङल्हामु राजमार्गका स्थानीयले गरेको अवरोधका कारण ती स्थानीय तहको फोहर उठ्न नसकेको हो ।  १२ दिनपछि फोहरको व्यवस्थापन आज बिहानदेखि हुन थाले पनि यसअघि काठमाडौं उपत्यकाको सडकमा जम्मा भएको सबै फोहर व्यवस्थापन गर्न भने कम्तीमा पाँच दिन लाग्ने कामपाको भनाइ छ ।   ती स्थानीय तहको फोहर विसर्जन गर्नका लागि दीर्घकालिन समाधान हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको कामपा वातावरण विभागको प्रमुख सरिता राईको भनाइ छ । उनका अनुसार २०७० सालदेखि शुरु गरेको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटकपटक स्थानीयले आन्दोलन गर्दा फोहर विसर्जनमा अवरोध हुने गरेको छ । ‘यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ’, उनले भने, ‘त्यसका लागि बाटो छिटो निर्माण सम्पन्न गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ ।’  सडक बनाउने जिम्मेवारी संघीय सरकारको भए पनि उपत्यकाको फोहोर पटकपटक रोकिँदा गाली कामपाको खाने गरेको छ । हाल बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण कार्य भइरहेको र निर्धारित समस्यमा काम सम्पन्न नहुँदा समस्या भएको पनि कामपाको भनाइ छ ।   कामपाले नियमितरुपमा उपत्यकाको फोहर विसर्जन गर्ने हो भने केन्द्र सरकारले छिटोभन्दा छिटो दीर्घकालीन समाधन खोज्न आवश्यक रहेको भन्दै अन्यथा आगामी बर्खाका समयमा झन ठूलो समस्या आउने जानकारी दिएको छ । काठमाडौं उपत्यकाको फोहोर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हुँदै आएको छ उक्त स्थान पनि भरिएपछि फोहोर व्यवस्थापनमा थप समस्या हुन थालेको हो ।  हाल फोहोर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाको भनाइ छ । रासस