दूधको बजार सुनिश्चित गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय वाग्मती अन्तर्गतको प्रदेश दुग्ध विकास बोर्डले सवा ४१ करोड रूपैयाँ लागतमा दुग्ध पाउडर प्लान्ट निर्माण अघि बढाएको हो।...
वीरगञ्ज। वीरगञ्जका एक उद्योगीले पुस्तैनी उद्यम छोडेर प्रांगारिक मल कारखाना खोलेका छन् । चामल उत्पादनको कामबाट मल उत्पादनतर्फ मोडिएका उद्यमी हुन्– तारा प्रसाद ।
वीरगञ्जमा खुलेको उनको ‘क्याप्टेन फार्म’ले प्रांगारिक मल उत्पादन गर्दै आएको छ । शुरूमा गाई तथा भैंसीपालनमार्फत दूध उत्पादन गरेका ताराले रासायनिक मलले पारिरहेको असर हटाउने उद्देश्यले पछिल्लो समय मल कारखाना खोलेको बताए ।
उनले २५ करोड रुपैयाँ लगानीमा खोलेको मल कारखाना ३ बिघा क्षेत्रफलमा फैलिएको छ । क्याप्टेन फार्मले उत्पादन गरेको मल ‘रूख’ ब्राण्डमा बजारमा पुर्याइएको छ । ‘खेतीमा रासायनिक मल र विषादीको बढ्दो प्रयोगले माटोको उर्वराशक्ति र मानिसको स्वास्थ्य समेत बिगारिरहेको छ । यस्तो असर कम गर्न सकियोस् भनेर प्रांगारिक मल उत्पादनमा लागेको हुँ,’ उनले भने ।
गाईभैंसीको गोबर संकलन गरी स्थानीय झारपात मिसाएर बनाइएको प्रांगारिक मलबाट रासायनिक मल प्रयोगको तुलनामा ४० प्रतिशतभन्दा बढी उत्पादन हुने दाबी उनले गरे ।
क्याप्टेन फार्मले वार्षिक ६ करोड रुपैयाँ बराबरको यस्तो मल विक्री गर्दै आएको छ । यहाँ उत्पादित मल काठमाडौं, पोखरा, हेटौंडा, नारायणगढलगायत स्थानमा विक्री भइरहेको छ ।
भारतबाट अवैध रूपमा प्रांगारिक मल भित्रिने गरेको पनि उनले बताए । अनधिकृत रूपमा भित्रिने यस्तो मल गुणस्तरहीन भएको ताराको दाबी छ । अवैध रूपमा आयात भएको कमसल मलबाट किसान ठगिएको उनले बताए । ‘अवैध रूपमा भित्रिएको यस्तो मलबाट एकातिर किसान ठगिएका छन्, अर्कातिर स्वदेशी उद्यमी मारमा परेका छन्,’ उनले भने ।
स्थानीय सरकारहरूले कृषिका कार्यक्रम ल्याउने गरे पनि प्रांगारिक मल प्रयोगबारे नीति नलिएको गुनासो पनि उनले गरे । रासायनिक मलको प्रयोगबाट माटोको प्राकृतिक गुण नै ह्रास भइरहेको छ । जनस्वास्थ्यमा गम्भीर असर परिरहेको छ । तर, यसमा कुनै पनि तहका सरकार त्यति गम्भीर देखिएका छैनन्,’ उद्यमी ताराले भने ।
जितपुरसीमरा वडा नं १६ महेन्द्रनगरका शंकरराज अर्यालले करिब १ करोड लगानीमा २० वटा गाई, ५५ वटा बाख्रा पालन गरेका छन् । १६ वटा दुहुना गाईको उनले दैनिक ७० देखि ७५ लिटर दूध बिक्री गर्दछन् । अर्यालले उत्पादन गरेको दूध बजारमा प्रतिलिटर ९० देखि सय रुपैयाँमा बिक्री हुन्छ । तर सोही दूधको मूल्य सहकारी (डेरी) ले भने प्रतिलिटर ५८ देखि ६४ रुपैयाँ भन्दा माथि दिँदैन । ‘डेरीले हामीलाई दिने मूल्य चित्त बुझ्दो छैन । तर त्यसको विकल्प पनि हामीसँग केही छैन, १ करोड लगानी गरेर मासिक ५० हजार आम्दानी
गाउँमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित विराटनगरका मामाभान्जाले कृषि उद्यममा हात हालेका छन ।
८ करोड रुपैयाँ लगानीमा विराटनगर महानगरपालिका–१२ का मामा गजेन्द्र शर्मा बञ्जरा र भान्जा सञ्जय चापागाईंले वडाको दरैया बस्तीमा कृषि उद्यम सञ्चालन गरेका छन् । दुवैले ८ महिना अघिदेखि फार्म सञ्चालन गरिरहेका छन् । फार्ममा हाल ५० वटा गाई छन् ।
फार्मले दैनिक ८०० लिटर दूध उत्पादन गर्न थालेको छ । आगामी वैशाख महिनादेखि दैनिक १ हजार ५०० लिटर दूध उत्पादन गर्ने गरी कामलाई तीब्रता दिएको चापागाईंले बताए ।
फागुनसम्ममा ५० माउ गाई थप...
पुस १०, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा एक करोड ८० लाख लगानीमा उन्नत जातका बाख्रापालन शुरु गरिएको छ । स्थानीय युवा कृषक अणबहादुर खड्का (भगवान) को अगुवाईमा तीन जनाले सामुहिक रुपमा उन्नत जातका बाख्रापालन गरेका हुन् ।
खड्का, उनका भाई प्रेम र धवलागिरि गाउँपालिका–७ धारापानीका राजेन्द्र थापाले सामूहिक रुपमा ‘ब्रोदर्स कृषि तथा पशुपंक्षी फार्म’ स्थापना गरी बोयर जातका बाख्रापालन गरेका हुन् ।
सामूहिक रुपमा बाख्रापालन थालेका भगवान सामाजिक कार्यहरुसँगै कृषि पेशामा संलग्न छन् भने प्रेम वैदेशिक रोजगारबाट फर्केका र थापा भारतीय सेनाबाट अवकास लिएर फर्केपछि पशुपालनमा लागेका हुन् ।
रू. ३० लाखमा उन्नत जातका माउ बोयर बाख्राहरु खरीद गरि शुरु गरिएको फार्ममा खोर, जग्गा घेराबार, स्याहार गर्नका लागि बसोबासका लागि बनाइएको आवास लगायतको पूर्वाधार निर्माणमा ८५ लाख बढी लगानी भएको फार्मका सञ्चालक खड्काले बताए । उनका अनुसार बाख्रापालनकै लागि करीब १५ रोपनी जग्गालाई रू. ४५ लाख बढी लगानीमा खरीद गरिएको थियो ।
‘जग्गा, बाख्रा, खोर लगायतका संरचनामा अहिलेसम्म १ करोड ८० लाख लगानी भइसकेको छ, उन्नत जातका बाख्राको स्रोत केन्द्र र मासुको लागि बोका उत्पादनको केन्द्र बनाउने गरी बाख्रापालनलाई अघि बढाएका छौँ’ खड्काले भने । दुई वर्ष अघिदेखि नै बाख्रापालनलाई लक्षित गरी १५ रोपनी जग्गामा घाँस खेती गरिएको थियो भने अहिले ४५ रोपनी जग्गा भाडामा लिएर घाँसको व्यवस्थापन गरिएको छ ।
जाडो र गर्मी दुवै मौसमलाई अनुकुल हुने गरी खोरको पूर्वाधार बनाइएको अर्का सञ्चालक प्रेम खड्काले बताए । ‘जाडोमा न्यानो र गर्मीमा सितल हुने गरी खोरका पूर्वाधार बनाएका छौँ, युटुबमा विश्वभरका नमूना बाख्रा फार्मका पूर्वाधार हेरेर त्यसको अधिकतम अनुसरण गरि आफै खोरको पूर्वाधार बनाएका हौँ’ उनले भने । पाठापाठी सहित अहिले ८७ ओटा बाख्राहरु रहेको फार्ममा २०० को संख्यामा बाख्रा पालन गर्न सक्ने क्षमता बनाइएको छ ।
बाख्राको पाठापाठीलाई दूध खुवाउने प्रयोजनका लागि दुई ओटा भैँसी र एक गाई समेत पालन गरिएको छ । ५० ओटा माउ बाख्रा रहेको फार्ममा ३५ ओटाले पाठापाठी जन्माइसकेका छन् ।
बाख्रापालनलाई लक्षित गरि जैघाँस, खन्यु, काफल, सुपर नेपियर लगायतका घाँस खेती विस्तारलाई समेत प्राथमिकता दिईएको छ । लगानीकर्ताकै परिवारका चार जना र बाहिरका तीन जना गरि ७ जनाले दैनिक रुपमा रोजगार समेत पाएको फार्मका अर्का सञ्चालक राजेन्द्र थापाले जानकारी दिए ।
फार्मबाट यसवर्ष ३० ओटा बोयर क्रस गरी उत्पादन भएका उन्नत जातका पाठी विक्री गर्ने लक्ष्य राखिएको बताइएको छ ।
चितवन, साउन २२ । रत्ननगर नगरपालिका–१२ जमुनापुरमा १ करोड लगानीमा कृषि घाँस (साइलेज) उद्योग स्थापना गरिएकोे छ । दूध र मासु उत्पादनमा लागत कम गर्दै पशुपक्षीको आहाराको अभाव पूरा गर्न उक्त उद्योगको स्थापना गरिएको हो । ‘जय माँ लक्ष्मी कृषि घाँस उद्योग, साइलेज निर्माण तथा कस्टम हायरिङ सेन्टर’को बुधवार एक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका प्रमुख […]
चितवन । रत्ननगर नगरपालिका–१२ जमुनापुरमा १ करोड लगानीमा कृषि घाँस (साइलेज) उद्योग स्थापना गरिएकोे छ । दूध र मासु उत्पादनमा लागत कम गर्दै पशुपक्षीको आहाराको अभाव पूरा गर्न उक्त उद्योगको स्थापना गरिएको हो ।
‘जय माँ लक्ष्मी कृषि घाँस उद्योग, साइलेज निर्माण तथा कस्टम हायरिङ सेन्टर’को बुधवार एक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले उद्घाटन गरे । सो अवसरमा उनले कृषिमा आधुनिकीकरण र आत्मनिर्भरताका लागि नगरपालिकाले कृषिक्षेत्रलाई प्राथमिकता दिँदै आएको बताए । आगामी दिनमा पनि नगरपालिकाले किसानलाई आधुनिक कृषि उपकरण लगायत अन्य प्राविधिक सहयोग गर्दै जाने वनको भनाइ छ ।
प्रेम थापा, शिव थापा र सुजिन्द्रबहादुर थापाको संयुक्त लगानीमा उक्त उद्योग सञ्चालनमा ल्याइएको हो । गाई, भैंसी, बाख्रा लगायत पशुचौपायालाई खुवाउने घाँस उत्पादन तथा प्याकेजिङ गरी कृषकलाई सहुलियत दरमा उपलब्ध गराउने उद्देश्यले उद्योग सञ्चालन गरिएको अध्यक्ष प्रेम थापाले बताए ।
उनका अनुसार हरियो मकैसहितको बोटलाई काटेर मेशिनको माध्यमबाट प्याकेजिङ गरिन्छ । घाँस प्याकेजिङ गर्दा नै वस्तुभाउलाई आवश्यक पर्ने खाद्यवस्तु तथा मिनरल समेत राखिने उनले बताए । यसरी प्याकिङ गरिएको घाँस ५ वर्षसम्म प्रयोग गर्न सकिने बताइएको छ ।
स्थानीय किसानले लगाएको मकैको हरियो बोटसहित प्रतिकट्ठा २ हजारदेखि ३ हजार रुपैयाँमा खरीद गरी उद्योगले ल्याउने गरेको उद्योगका अर्का सञ्चालक शिव थापाले बताए । उनका अनुसार हाल जिल्लाका पदमपुर, जमुनापुर र पिठुवा क्षेत्रबाट हरियो मकै सहितको घाँस खरीद गर्ने गरिएको छ । माग बढ्दै गएमा अन्य जिल्लाबाट पनि मकैको बोट खरीद गरेर ल्याइने बताइएको छ ।
किसानले उत्पादन गरेको मकै बजार मूल्यभन्दा महँगोमा उद्योगले लिने भएकाले किसानहरू यस उत्पादनप्रति आकर्षित भएको सञ्चालकहरूको भनाइ छ । उद्योगबाट उत्पादित साइलेज बजारमा पाइने ढुटो, चोकर, दानाको तुलनामा सस्तो हुँदा माग समेत बढेको उनीहरू बताउँछन् ।
हाल उद्योगमा ७५ लाख रुपैयाँ लगानी भइसकेको छ भने थप २५ लाख लगानी हुने चरणमा रहेको उद्योगका सञ्चालक सुजिन्द्रबहादुर थापाले बताए । उद्योगलाई रत्ननगर नगरपालिकाले कस्टम हायरिङ सेन्टर र उपकरण खरीदका लागि करीब २५ लाख रुपैयाँ अनुदान दिएको छ ।
साउन २०, चितवन । रत्ननगर नगरपालिका वडा नम्बर १२ जमुनापुरमा १ करोड लगानीमा कृषि घाँस उद्योग (साईलेज) को स्थापना गरिएकोे छ । दूध र मासु उत्पादनमा लागत कम गर्दै पशुपंक्षीको आहाराको अभाव कम गर्न उक्त उद्योगको स्थापना गरिएको हो ।
जय माँ लक्ष्मी कृषि घाँस उद्योग, साइलेज निर्माण तथा कष्टम ह्यारिङ सेन्टरको बुधवार एक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले उक्त उद्योगको उद्घाटन गरेका हुन् ।
उद्घाटन पछि बोल्दै उनले कृषिमा आधुनिकीकरण र आत्मनिर्भरताको लागि नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिदै आएको बताए । आगामी दिनमा पनि नगरपालिकाले किसानलाई आधुनिक कृषि उपकरण लगायत अन्य प्राविधिक सहयोग गर्दै जाने वनको भनाइ छ ।
प्रेम थापा, शिव थापा र सुजिन्द्र बहादुर थापाको संयुक्त लगानीमा सो कृषि घाँस उद्योग सञ्चालनमा ल्याइएको हो । गाई, भैँसी, बाख्रा लगायतका पशु वस्तुहरूलाई खुवाउने घाँस उत्पादन तथा प्याकेजिङ गरी कृषकलाई सहुलियत दरमा साइलेज घांँस उपलब्ध गराउने उद्देश्यका साथ घाँस उद्योग सञ्चालन गरिएको उद्योगका अध्यक्ष प्रेम थापाले जानकारी दिए ।
उनका अनुसार हरियो मकै सहितको बोटलाई काटेर मेसिनको माध्यमबाट कृषि घाँस प्याकेजिङ गर्ने काम गरिन्छ ।
सो घाँस प्याकेजिङ गर्दा नै पशु वस्तुहरूलाई आवश्यक पर्ने खाद्यवस्तु तथा मिनरल समेत राखी प्याकिङ गरिने अध्यक्ष थापाले बताए । सो प्याकिङ गरिएको घाँस ५ वर्षसम्म प्रयोग गर्न सकिने छ ।
स्थानीय किसानहरूले लगाएको मकैको हरियो बोट सहित प्रति कट्ठा २ देखि ३ हजार रूपैयाँमा खरीद गरी उद्योगले ल्याउने गरेको उद्योगका अर्का सञ्चालक शिव थापाले बताए ।
उनका अनुसार हाल चितवनको पदमपुर, जमुनापुर, पिठुवा क्षेत्रबाट हरियो मकै सहितको घाँस खरीद गर्ने गरिएको र माग बढ्दै गएमा अन्य जिल्लाबाटपनि मकैको बोट खरीद गरेर ल्याइने छ ।
किसानहरूले उत्पादन गरेको मकै बजारमा मूल्य भन्दा महँगो मूल्यमा उद्योगले लिने र उनीहरुले लगाएको मकैको बोट सहित किनिदिने भएकोले किसानहरु यस उत्पादन प्रति आकर्षित भएको सञ्चालकहरुको भनाइ छ ।
उद्योगबाट उत्पादित साइलेज (कृषि घाँस) पनि बजारमा पाइने ढुटो, चोकर, दानाभन्दा सस्तो भएकोले किसानहरूको माग बढी रहेको उनीहरुको भनाइ छ ।
हाल उद्योगमा ७५ लाख लगानी भइसकेको छ भने २५ लाख थप लगानीकै क्रममा रहेको उद्योगका सञ्चालक सुजिन्द्र बहादुर थापाले बताए
उद्योगलाई रत्ननगर नगरपालिकाले कृषि उद्योगका लागि साइलेज निर्माण तथा कष्टम ह्यारिङ सेन्टर र उपकरण खरीदका लागि करीब २५ लाख रूपैयाँ अनुदान दिएको छ ।
व्यास नपा–१ हाइस्कुलटारमा चार करोड रुपियाँको लगानीमा सामुहिक भंैसीपालन गरिएको छ । सोही वडाका चार जना मिलेर सेती मादी नदिको किनारको जग्गामा जलबाराही पशुपन्छी फार्म सञ्चालन गरि दुई वर्ष अघिबाट भंैसी पालन गरेका हुन् ।
दाङ । दाङको घोराहीमा व्यावसायिक रूपमा पाडापालन शुरू गरिएको छ । ‘अम्बिकेश्वरी कृषि तथा पशु पालन फार्म’ स्थापना गरेर स्थानीय माधव ढकाल, केशव बेलबासे र भोला बेलबासेले करीब रू. १ करोड लगानीमा व्यवसायिक पाडापालन शुरू गरेका हुन् ।
घोराही उपमहानगरपालिका–१८ कटुवाखोला किनारामा शुरू गरिएको फार्ममा हाल ४१ पाडाहरू छन् । व्यावसायिक रूपमा पाडापालन गर्न करीब रू. ७० लाख लगानीमा भौतिक संरचना निर्माण गरिएको छ । पाडा राख्ने पक्की संरचना, पानी पोखरी, घाँस/पराल राख्ने स्थान ठूलो संरचना बनाइएको छ । ‘शुरूमा ५० लाखजतिको लगानीमा भवन निर्माण गर्ने योजना बनाएका थियौं,’ सञ्चालकमध्येका केशव बेलबासेले भने, ‘भौतिक संरचना निर्माण गर्दागर्दै ७० लाख जति लागिसक्यो ।’ उनका अनुसार भैंसी, पाडा र घाँस पराल खरीदका लागि रू. ३० लाख खर्च भएको छ । शुरूमा माऊ भैंसी राखेर केही समय दूध उत्पादन पनि शुरू गरिएको थियो । पाडा हुर्केपछि अहिले तीनओटा मात्रै माऊ भैंसी राखिएको छ भने ४१ ओटा पाडापाडी छन् । भारतीय सीमावर्ती क्षेत्रबाट मासुका लागि पनि ठूलो संख्यामा भैंसीहरू भित्रने गरेकाले त्यसको आपूर्ति जिल्लामै गर्ने उद्देश्यले व्यावसायिक रूपमा पाडापालन गरिएको फार्म सञ्चालकहरू बताउँछन् ।
पालिएका पाडाहरू मासुका लागि योग्य भएपछि र पाडी हुर्केर दूध दिने भैंसीको रूपमा विकास भएपछि विक्री गरिने अर्का सञ्चालक माधव ढकालले बताए । हाल ४१ ओटा पाडापाडी भए पनि निकट भविष्यमा २०० ओटा पु¥याउने लक्ष्य रहेको उनले सुनाए । करीब दुई बिघा क्षेत्रफलमा व्यवसाय शुरू गरेकाले भैंसी तथा पाडापालनका लागि घाँसको समस्या नहुने उनको भनाइ छ । पछिल्लो समय जिल्लालाई मासु र दुध उत्पादनमा आत्मनिर्भर बनाउन यस्ता व्यवसाय सञ्चालन हुँदै आएको, तर यति ठूलो लगानीमा व्यावसायिक पाडापालन जिल्लाकै नमूना भएको जिल्ला उद्योग वाणिज्य संघ दाङका उपाध्यक्ष रामप्रसाद पोख्रेलले बताए । ‘जिल्लामा मासुकै लागि पनि भारतबाट ठूलो संख्यामा भैंसी भित्रने गर्दछन्,’ उनले भने, ‘यसलाई विस्थापन गर्न र जिल्लालाई मासु तथा दूध उत्पादनमा आत्मनिर्भर बनाउन यसले सहयोग पुग्नेछ ।’ यस्ता फार्मलाई राज्यको तर्फबाट पनि सहयोगको खाँचो रहेको उनको भनाइ छ ।
वाग्मती प्रदेश राजधानी हेटौँडामा प्रदेश सरकारको लगानीमा दुग्ध पाउडर उत्पादन गर्ने प्लान्ट र सोको भवन निर्माण शुरु गरिएको छ ।प्रदेश सरकारको रु ४१ करोड २२ लाख ७१ हजार अनुदान रकमबाट हेटौँडा उपमहानगरपालिका–१० न्युरेनीमा पाउडर प्लान्ट र सोको व्यवस्थापनका लागि आवश्यक भवन निर्माण गर्न थालिएको हो ।
प्लान्टले वाग्मती प्रदेशसँगै अन्य चार प्रदेशका किसानले उत्पादन गरेको दूध ल्याएर पाउडर बनाउनका लागि सहज हुनेछ । उद्योग स्थापना भएर रोजगारी सिर्जना गरेसँगै किसानले धेरै गाई, भैँसीपालना गरेर रोजगारी पनि सिर्जना हुने निश्चित छ ।
सो प्लान्टबाट वाग्मती प्रदेशसहित प्रदेश नं २ का बारा, पर्सा, रौतहट र वाग्मती प्रदेशको चितवन र मकवानपुरका करीब २२ हजार कृषक परिवारको दैनिक ६० हजार लिटर दूध खरीद गरी दैनिक पाँच मेट्रिकटन धुलो दूधको उत्पादन गरी प्याकिङ गर्ने लक्ष्य रहेको प्रदेश दुग्ध बोर्डले जनाएको छ ।