बलिउड फिल्म निर्देशक सेतुमाधवनको निधन

भारतीय फिल्म निर्देशक केएस सेतुमाधवनको निधन भएको छ । ९० बर्षका निर्देशकको चेन्नईमा निधन भएको हो । उनी उमेर सम्बन्धी बिमारीबाट पिडित रहेका थिए । सेतुमाधवनको निधनले उनका फ्यान, सहकर्मी लगायतलाई दुखी बनाएको छ । अभिनेता कमल हासनले एक ट्वीट गर्दै सेतुमाधवनका निधन प्रति शोक ब्यक्त गरेका छन् ।सेतुमाधवनले आफ्नो फिल्मी करियरमा मलयालम, तमिल, तेलुगु र हिन्दी फिल्मका निर्देशन गरेका छन् । फिल्मको योगदानका लागि उनलाई केरल सरकारले फिल्म क्षेत्रको सर्वाेच्च सम्मान ‘जेसी डैनियल पुरस्कार’ दिएको थियो ।

सम्बन्धित सामग्री

बलिउड फिल्म निर्देशक सञ्जय गढवीको निधन

बलिउड फिल्म निर्देशक सञ्जय गढवीको निधन भएको छ । ‘धूम’ र ‘धूम २’ जस्ता फिल्मका निर्देशक गढवीको ५६ वर्षको उमेरमा निधन भएको हो ।

कमल हसनको 'इन्डियन २'को सुटिङ सेटमा क्रेन दुर्घटना, तीन जनाको मृत्यु

बलिउड फिल्म 'इन्डियन २' को सुटिङका क्रममा क्रेन दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा परेर फिल्म निर्देशक शंकरका असिस्टेन्ट डिरेक्टर* कृष्ण, प्रोडक्सन असिस्टेन्ट मधु र आर्ट असिस्टेन्ट चन्द्रनको निधन भएको हो। बुधबार सुटिङका क्रममा प्रयोग गरिएको क्रेन पल्टिदा उनीहरुको सुटिङ स्थलमै मृत्यु भएको बताइएको छ। त्यस्तै दुर्घटनामा अन्य नौ जना