ललितपुरको सानेपाबाट प्रहरीले बुद्धचित्तको दानासहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका घर भएका रोजबहादुर तामाङ छन् । तामाङले लिएर हिँडेको ९ किलो बुद्धचित्तको दाना बरामद गरिएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्रचार्यले रातोपाटीलाई बताइन् ।सानेपास्थित कालोपुलबाट ट्याक्सीमा टेकुतर्फ जाँदै गरेका २९ वर्षीय तामाङलाई महानगरीय प्रहरी प्रभाग सानेपाबाट खटिएको टोलीले पक्राउ गरेको हो । दाना कारोबारीसँग सम्बन्धति गाउँपालिकामा राजस्व बुझाएको रसिद र बन कार्यालयको