हुम्लामा पुनः हिमपातः किसान खुशी

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि मौसमा फेरबदल आएसँगै हिमपात भएको छ । हिमपात हुँदा यहाँको जनजीवन प्रभावित बन्दै गएको छ ।

सम्बन्धित सामग्री

समयमै हिउँ परेपछि मनाङका किसान खुशी

१९ मंसिर, मनाङ । विकट जिल्ला मनाङमा भारी हिमपात भएको छ । अहिले मनाङमा हिमपात हुने बेला हो । कात्तिक अन्तिम सातादेखि यहाँ हिमपात हुने समय हो । यस वर्ष समयमै हिमपात हुँदा किसानमा खुशी छाएको छ । मनाङ ङिस्याङ गाउँपालिका-५ भ्राकाका पशुपालक किसान सोनाम लामाले परिवारका अन्य सदस्य काठमाडौँ गए पनि आफू र आमा […]

सुन्तलाले राम्रो मूल्य पाएपछि ईच्छाकामनाका किसान खुशी

चितवन । चितवनको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा सुन्तलाले   राम्रो मूल्य पाएपछि किसान खुशी भएका छन ।  सो गाउँपालिकामा अगौटे सुन्तलाले राम्रो आम्दानी पाएपछि उनीहरु हर्षित भएका हुन । इच्छाकामना गाउँपालिका–५ का रामप्रसाद बोहोरा अघिल्ला वर्षको तुलनामा अहिले सुन्तलाले राम्रो मूल्य पाएको बताउँछन । अहिले बजारमा राम्रो मूल्य पनि छ , माग पनि छ, उनले भने, “कम उत्पादन भएका कारण मूल्य राम्रो पाएको हो ।” उनले अहिले सुन्तलाको होलसेल मूल्य प्रतिकिलो रु ९० सम्म परेको बताए ।  उनले दुई बिघा क्षेत्रफलमा सुन्तला खेती गर्दै आएका छन  । वैदेशिक रोजगारमा गएर तीन महिनामा नेपाल फर्किएका बोहोराले सुन्तलाबाट विदेशको भन्दा राम्रो कमाइ भएको बताए । बुबाको पालादेखि आफ्नो घरका लागि मात्रै सुन्तला खेती गरिएको भए पनि विस्तारै यसलाई व्यावसायिक गर्दै लाँदा अहिले आम्दानीको मुख्य स्रोत नै सुन्तला खेती भएको उनको भनाई छ  । विगतका  वर्षहरुमा प्रतिकिलो  ७० रुपैंया हाराहारीमा यहाँका सुन्तला बिक्री हुने गरेको थियो । इच्छाकामना गाउँपालिका–३ माझगाउँका अर्का किसान सीताराम गुरुङले चार बिघा क्षेत्रफलमा सुन्तला खेती गर्दै आएका  छन । उनले अहिले उत्पादन भएको सुन्तलाले बजार मूल्य राम्रो पाएको भन्दै यही मूल्य कामय रहे यस वर्ष किसानले राम्रो आम्दानी लिन सक्ने बताए । उनले भने, “अहिले होलसेल मूल्य नै प्रतिकिलो रु ९० देखि १०० सम्म परेको छ । यो बढ्दै जाने देखिन्छ ।” बजार भाउ स्थिर रहन नसक्ने भएकाले अहिलेको मूल्यबाट घटवढ हुनसक्ने भन्दै उनले बजारको सुनिश्चितता गर्न सके व्यावसायिक सुन्तला खेती गर्ने किसानले राम्रो आम्दानी लिन सक्ने बताए  ।  “अहिले थोरै उत्पादन भएको छ । त्यही कारणले आम्दानी राम्रो हुन सकेको हो ।’ उनले भने ।   २४ वर्षको उमेरदेखि सुन्तला खेती गर्दै आएको अनुभव सुनाउँदै ६० वर्षीय गुरुङले अगौटे सुन्तलाले राम्रो मूल्य पाएको बताए  । उनले वार्षिक रु चारदेखि पाँच लाखसम्मको सुन्तला बेच्दै आएका छन  । अगौटे सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि अन्य किसानले समेत यही जातको सुन्तला लगाउन थालेका छन । इच्छाकामना गाउँपालिकाको कृषि विकास शाखा प्रमुख आशिष त्रिपाठी अहिले बजारमा आएको सुन्तलालाई बजारको अभाब नभएको बताउँछन । उनले भने , “बजारको अभाव पनि छैन र सुन्तालाले राम्रो मूल्य पनि पाएको छ ।” केही किसानले ठेकेदारमार्फत सुन्तला बजारमा ल्याउने हुँदा मूल्य पाए पनि पैसा नपाउने समस्या भएको भन्दै उनले यो समस्या समाधानका लागि शाखाले सहकार्य गर्ने प्रयास गरिरहेको बताए  ।  यस पालिकामा ३५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आइएको छ । जहाँ वार्षिक तीन सय मेट्रिक टन सुन्तला उत्पादन हुँदै आएको छ । जिल्लाको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका–२९ को पहाडी क्षेत्रमा सुन्तला खेती गरिँदै आइएको छ ।

बेमौसमी हिमपातले किसान खुशी

लमजुङ ।  हिमाली जिल्ला मनाङमा हिमपात हुन थालेको छ। प्राकृतिक रूपमा हेर्ने हो भने मंसिरको पहिलो साता हिमपात हुनुपर्ने हो। तर, यसपटक समय सकिएपछि हिमपात भएको छ। यस वर्ष बेमौसममा हिमपातको सुरुवात भएको हो। समयभन्दा ढिला गरी मनाङमा हिमपात भएको प्रमुख जिल्ला अधिकारी सुप्रभा खनालले बताइन् । तल्लो मनाङमा हिउँ परेपछि स्थानीयवासी खुसी भएका उनले […]

कृषि ज्ञान केन्द्रले औषधि छर्किने प्रविधि दिएपछि जुनार किसान खुशी

डडेल्धुरा । कृषि ज्ञान केन्द्र डडेल्धुराले जुनार खेती गर्ने किसानलाई औषधि छर्किने प्रविधि दिएपछि खुशी भएका छन् । जिल्लाको भागेश्वर गाउँपालिका-४ चौड खाल्टाका जुनार (मौसमी) किसानलाई केन्द्रले फलफूलका बोटहरु काटछाँट र टिप्ने हाते औजार तथा औषधि छर्किने प्रविधि उपलब्ध गराएपछि किसान खुशी भएका हुन् । केन्द्रले हिउँदे मौसममा पाइने फलफूलहरुमा सुन्तला, मौसमी, अमिलो तथा कागती […]

सिन्धुलीकाे नास्पातीले राम्रो मूल्य पाएपछि किसान खुशी

सिन्धुली । सिन्धुलीको महाभारत क्षेत्रमा उत्पादन भएको नास्पाती यस वर्ष महँगो मूल्यमा बिक्री वितरण हुँदा किसान खुशी भएका छन् । साउन र भदौमा पाक्ने नास्पातीले विगतका वर्षहरुको तुलनामा यस वर्ष भने अधिक मूल्य पाएको किसानहरुले बताएका हुन् ।बजारको अभावले विगतका वर्षमा बगैंचामा कुहिएर जाने नास्पातीले यो वर्ष भने राम्रो मूल्य पाएको हो । भदौ लाग्ने […]

नासपातीले राम्रो बजार पाएपछि डोटीका किसान खुशी

साउन १७, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–४ की बिन्दु खड्का खुशी देखिन्छिन् । बारीमा लटरम्म फलेको नासपाती बिक्री हुने भएपछि उनी बोरामा भन्दै सडकमा ओसार्दै छिन् । ‘१०/१२ रुख नासपाती छन्, लटरम्मै फलेका छन्,’ उनी भन्छिन्, ‘विगतका वर्षहरुमा आफूले खाने, आफन्तलाई दिने गर्थ्यौं, कति त रुखमै बाँदरले खान्थ्यो ।’ यसपाली नासपाती बेचिने भएपछि उनले टिपेर […]

पानी पर्दा किसान खुशी, डढेलो पनि निभ्यो

म्याग्दी, बैशाख ४ । म्याग्दीसहित साविकको धौलागिरि अञ्चलका तीनवटा जिल्लामा बिहीबार र शुक्रबार वर्षा भएको छ । मुस्ताङबाहेक म्याग्दी, पर्वत र बागलुङ जिल्लामा पानी परेपछि यहाँका किसान खुशी भएका छन् । लामो समयपछि भएको वर्षाका कारण किसान खुशी भएका हुन् । पानी परेसँगै खेतीबाली सप्रिने, केही दिन अघिदेखि बढेको वातावरणीय प्रदूषण कम हुने र आगलागी […]

पानी पर्दा किसान खुशी, डढेलो पनि निभ्यो

म्याग्दीसहित साविकको धौलागिरि अञ्चलका तीनवटा जिल्लामा बिहीबार र शुक्रबार वर्षा भएको छ । मुस्ताङबाहेक म्याग्दी, पर्वत र बागलुङ जिल्लामा पानी परेपछि यहाँका किसान खुशी भएका छन् ।लामो समयपछि भएको वर्षाका कारण किसान खुशी भएका हुन् । पानी परेसँगै खेतीबाली सप्रिने, केही दिन अघिदेखि बढेको वातावरणीय प्रदूषण कम हुने र आगलागी पनि नियन्त्रणमा आउने भएपछि किसान खुशी भएका हुन् । लामो समयपछि पानी पर्दा बाँझो जमिन खनजोत गर्न तथा मकै गोड्न सजिलो हुने बेनी नगरपालिका–२ बगरफाँटका किसान भीमबहादुर कार्कीले

हिमपात हुदाँ जनजीवन कष्टकर, किसान खुशी

बाजुरा / बाजुरामा बिहीबार रातिदेखि हिमपात शुरु भएको छ । भारी हिमपातसंगै अत्याधिक चिसो बढेकाले यहाँको जनजीवन कष्टकर भएको छ । बाक्लो हिमपातका कारण किसान उत्साहित र खुशी भएका छन् भने व्यापारी चिन्तित भएका छन् । समयमै हिमपात र बर्षा नहुँदा खेतमा लगाइएका हिउँदेबाली सुक्ने भए भन्दै किसान चिन्तित बनेका थिए । मङ्सिरबाट हिमपात हुनुपर्नेमा... The post हिमपात हुदाँ जनजीवन कष्टकर, किसान खुशी appeared first on Purbeli News.

लामो समयपछि वर्षा, किसान खुशी

लगातारको खडेरीले बालीनाली सुक्दै गएको बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा भएपछि यहाँका किसान खुशी भएका छन् । लामो समयको अन्तरालपछि पानी पर्दा बालीनाली सप्रिने भन्दै किसान खुशी भएका हुन् । मौसममा आएको परिवर्तनसँगै आइतबार दिउँसोदेखि पानी परिरहेको छ ।  लगातारको खडेरीले बालीनाली सुक्दै गएको बेला भएको हिउँदे वर्षाले केही राहत भएको दशरथचन्द नगरपालिका–१ का अगुवा किसान कृष्णदत्त भट्टले बताए । “यो वर्षा हिउँदेबाली र हिउँदे फलफूलका बिरुवाका लागि निकै लाभदायक भएको छ”, उनले भ