काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र मेक्सिको र बहराइनका लागि नेपाली राजदूत नियुक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा शुक्रबार संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत प्रा. श्रीधर खत्रीलाई गणतन्त्र मेक्सिकोको गैरआवासीय र तीर्थराज वाग्लेलाई बहराइनका लागि आवासीय नेपाली राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।