कांग्रेस सिन्धुली सभापतिमा पोखरेल

सिन्धुली : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सिन्धुली जिल्ला अधिवेशनमा सभापतिमा उपेन्द्रकुमार पोखरेल विजयी भएका छन्। मंगलवार भएको दोस्रो चरणमा निर्वाचनको मत परिणाम अनुसार नेपाली कांग्रेस सिन्धुलीको जिल्ला सभापतिमा पोखरेल ८८५ मत प्राप्त गर्दै विजयी भएका हुन्। पोखरेलले सभापतिका प्रतिद्वन्द्वी तथा निवर्तमान जिल्ला सभापति उज्ज्वल प्रसाद बराललाई ४०८ मत अन्तरले पराजित गर्दै सभापतिमा विजयी भए। बरालले ४७७ मत प्राप्त गरेका छन्। पहिलो चरणमा कुनैपनि उमेदवारले ५१ प्रतिशत मत प्रा

सम्बन्धित सामग्री

सिन्धुली कांग्रेसको सभापतिमा पोखरेल निर्वाचित

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीको सभापतिमा उपेन्द्रकुमार पोखरेल निर्वाचित भएका छन् । सोमबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा निवर्तमान सभापति उज्ज्वल बराललाई पराजित गर्दै पोखरेल सभापतिमा निर्वाचित भएका हुन् । पहिलो चरणमा पाँचजना प्रतिस्पर्धीमध्ये कसैको पनि ५० प्रतिशत नकटेपछि दोस्रो चरणमा पोखरेल र बरालबीच प्रतिस्पर्धा भएको थियो । दोस्रो चरणको निर्वाचनमा १ हजार ३ सय ७१ […]

सिन्धुली कांग्रेसको सभापतिमा पोखरेल

काठमाडौं । नेपाली कांग्रेस सिन्धुलीको जिल्ला सभापतिमा उपेन्द्र पोखरेल निर्वाचित हुनुभएको छ । स्वतन्त्र हैसियतमा निर्वाचनमा होमिएका पोखरेलले शेखर कोइराला समूहका उज्ज्वलप्रसाद बराललाई पराजित गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो । पोख्रेलले ८८५ तथा बरालले ४७७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । आइतबार भएको निर्वाचनमा सभापतिमा पाँच जना उम्मेदवार रहेका थिए । […]

सिन्धुली कांग्रेस सभापतिमा पोखरेल निर्वाचित

स्वतन्त्र हैसियतमा निर्वाचनमा होमिएका उपेन्द्र पोखरेल संस्थापन र शेखर कोइराला समूहका दुवै उमेद्वारलाई पछि पार्दै नेपाली कांग्रेस सिन्धुलीको सभापतिमा निर्वाचित भएका छन् ।

कांग्रेस सिन्धुली सभापतिमा आज पुनः मतदान हुँदै

सिन्धुली कांग्रेस सभापति पदमा खसेको मतको आधाभन्दा बढी मत कसैले प्राप्त नगरेपछि दुई जनाबीच आज (सोमबार) पुनः मतदान हुँदैछ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार हिजो भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त नगरेकाले विधानबमोजिम पुनः मतदान हुन लागेको हो ।

कांग्रेस सिन्धुली सभापतिमा पाँच जनाको उम्मेदवारी

कांग्रेस जिल्ला अधिवेशन अन्तर्गत सभापति पदमा पाँच जनाको उम्मेदवारी दर्ता भएको छ ।