मधेस प्रदेश सरकारले होटलसँग पाँच हजार रुपैयाँदेखि ४० हजार रुपैयाँसम्म कर लिने भएको छ । मधेस प्रदेशमा रहेका होटलहरूसँग प्रदेश सरकारले पर्यटन शुल्कबापत कर लिने भएको हो ।चालु आर्थिक वर्षका लागि मधेस प्रदेश सरकारले ल्याएको बजेटमा होटल र साहसिक खेलमा पर्यटन शुल्क तोकिएको छ । आर्थिक ऐनले पर्यटन शुल्कको दर तोकेपछि होटलवालाले पनि पर्यटकहरूसँग बढी शुल्क लिने भएका छन् ।तोकिएको दर रेट अनुसार अब साधारण प्रकृतिको होटलले वार्षिक पाँच हजार रुपैयाँ शुल्क मधेस प्रदेश सरकारलाई तिर्नु पर्ने हुन्छ । त्यस्तै पर्यटकस