चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्म आइपुग्दा सनराइज बैंकको खुद नाफामा सङ्कुचन आएको छ । अघिल्लो वर्षको दोस्रो त्रैमाससम्म कुल ९४ करोड ९४ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकको नाफामा सोही अवधिमा यस वर्ष २१.४७ प्रतिशतले नाफा घटेको हो । बैंकले जारी गरेको रिपोर्ट अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले जम्मा ७४ करोड ५५ लाख ४४ हजार रुपैयाँ मात्र नाफा कमाउन सकेको हो । यस्तै पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा १० करोड ११ लाख १८ हजार रुपैयाँ कायम भ