काठमाण्डौ – नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिशृङ्खला 'हिजो आजका कुरा' मार्फत अभिनेता तथा निर्देशक सन्तोष पन्तले आफ्नो परिचय स्थापित गर्नुभयो ।
६ सय ९९ भाग प्रसारण भएर कीर्तिमान बनाउन सफल टेलिशृङ्खलालाई तत्कालीन समयमा टेलिभिजनमा पर्खिने दर्शकको कमी थिएन । विसं २०५३ मा सुरु हुँदा टेलिशृङ्खलाको नाम 'आज भोलिका कुरा' राखिएको थियो । तत्कालीन नेपाल टेलिभिजनको महाप्रबन्धक नीर शाहकै सहयोगमा सुरु भएको टेलिशृङ्खला १७ भागपछि 'भोलिको कुरा' स्वाभाविक नभएपछि 'हिजो आजका कुरा' बन्यो ...