पीएसजीलाई फ्रेन्च कप उपाधि

फ्रेन्च कप फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जितेको छ । डेकाथलन एरिनामा शनिबार राति भएको खेलमा पीएसजीले लियोनलाई २–१ गोलले हरायो ।

सम्बन्धित सामग्री

फ्रेन्च कप : रेभेलविरुद्ध पिएसजीको ९ गोल

काठमाडौँ– फ्रेन्च कप फुटबलमा पीएसजी अन्तिम ३२ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा रेभेललाई ९–० गोलले हराउँदै पीएसजी अर्को चरणमा पुगेको हो । पीएसजीको जितमा केलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए । त्यस्तै, राण्डल कोलो मुआनीले २ गोल तथा मार्को असेन्सियो, गोन्कालो रामोस र चेर एनडोउरले एक–एक गोल गरेका थिए । एक गोल भने […]

८००० माइल यात्रा गरेर फ्रेच कप खेल्न पुगेको गोल्डेन लायन १२ गोलले पराजित

२२ पुस, काठमाडौं । मार्टिनिक क्यारेबियन क्षेत्रको सानो आइल्याण्ड हो । यस आइल्याण्डबाट फुटबल गोल्डेन लायनले ८ हजार माइल यात्रा गरेर फ्रेन्च कप खेल्न फ्रान्स पुगेको थियो । तर टोली पहिलो खेलमै फ्रेन्च लिग वान टोली लिनसँग १२-० ले पराजित भयो । विश्वका विभिन्न क्षेत्रमा फ्रान्सको अधिनमा रहेका टापुलाई फ्रेन्च कप खेल्न अनुमति दिइएकोले सानो […]

फ्रेन्च कप फुटबल : अन्तिम १६ बाटै बाहिरियो पीएसजी

काठमाडौं, माघ २६ । पेरिस सेन्ट जर्मेन (पीएसजी) जारी फ्रेन्च कप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ। गए राति सम्पन्न खेलमा मार्सेसँग २-१ गोल अन्तरले पराजित हुँदै उपाधि दाबेदार पीएसजी बाहिरिएको हो। १४ पटकको विजेता पीएसजीलाई हराउन मार्सेका एलेक्सिस सान्चेज र रुस्लान मालिनोभास्कीले एक एक गोल गरे।पीएसजीका सर्जियो रामोसले एक गोल फर्काए। खेलको ३१ औं […]

एमबाप्पेको पाँच गोलसंगै पीएसजी फ्रेन्च कप फुटबलको अन्तिम १६

पेरिस सेन्ट जर्मेन ९पीएसजी० फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।

नान्टेजलाई २२ वर्षपछि फ्रेन्च कपको उपाधि

नान्टेजले २२ वर्षपछि फ्रेन्च कप फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल खेलमा निसलाई १–० गोल अन्तरले हराउँदै नान्टेसले उपाधि रक्षा गर्यो । नान्टेजले अन्तिम पटक सन् २००० मा फ्रेन्च कपको उपाधि जितेको थियो । नान्टेसलाई जित दिलाउन लुडोभिच ब्लासले निर्णायक गोल गरे ।पहिलो हाफमा गोलरहित बराबरी खेलेको नान्टेजले दोस्रो हाफमा गोल गर्न सफल भयो । खेलको ४७ औं मिनेटमा ब्लासले पेनाल्टीबाट गोल गर्दै टिमलाई उपाधि दिलाए ।

फ्रेन्च कप फुटबलः अन्तिम १६ बाट बाहिरियो पीएसजी

काठमाडौं, १८ माघ । फ्रेन्च कप फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) अन्तिम १६ बाट बाहिरिएको छ । सोमबार राति भएको खेलमा निससँग पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित हुँदै पीएसजी बाहिरिएको हो । पीएसजीको घरेलु मैदानमा भएको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा पीएसजीका लियोनल मेस्सी, केलियन एमबाप्पे, […]

फ्रेन्च कप फुटबलः फेइगनिजमाथी पीएसजीको शानदार जित

काठमाडौं, ६ पुस । फ्रेन्च कप फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एससी फेइगनिजमाथी सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले एससी फेइगनिजलाई ३–० गोल अन्तरले पराजित गरेको हो । यस खेलमा लियोनल मेसी भने टोलीमा परेका थिएनन् । खेलको १६औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत् गर्दै टोलीलाई सुरुवाति अग्रता दिलाएका थिए । ३१औं […]

पीएसजीलाई फ्रेन्च कपको उपाधि

६ जेठ, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कप फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनलमा मोनाकोलाई २-० ले पराजित गर्दै पीएसजी च्याम्पियन बनेको हो । स्टेड डे फ्रान्स स्टेडियममा भएको खेलमा पीएसजीलाई जित दिलाउन माउरो इकार्डी र किलियन एमबाप्पेले गोल गरे । इकार्डीले १९ औं र एमबाप्पेले ८१औं मिनेटमा गोल गरे । पीएसजीले सर्वाधिक […]

पीएसजी फ्रेन्च कप च्याम्पियन

काठमाडौं । लिग वानको साबिक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा मोनाकोलाई हराउँदै पीएसजी च्याम्पियन बनेको हो । पीएसजीले मोनाकोलाई २–० ले पराजित गर्‍यो । स्टेड डे फ्रान्स स्टेडियममा पीएसजीलाई जित दिलाउन माउरो इकार्डी र केलियन एमबाप्पेले एक/एक गोल गरे । खेलको...

फ्रेन्च कप उपाधिका लागि पीएसजी र मोनाकोको भिडन्त

एजेन्सी। मोनाको र साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) आज फ्रेन्च कपको उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्। फ्रेन्च कपको इतिहासमा उपाधिका लागि दुई क्लबबीच प्रतिस्पर्धा हुन लागेको यो तेस्रोपटक हो। १३ पटक उपाधि जितिसकेको पीएसजीको यो लगातार सातौं फाइनल हो। मोनाकोले पाँचपटक मात्र यो उपाधि जितेको छ। मोनाकोले पछिल्लोपटक सन् १९९१ मा उपाधि जितेको थियो।