कर नीतिको विरोध

सरकारले साउन १ देखि लागू हुने गरी ल्याएको नयाँ कर नीतिको विरोध गर्दै नेपालगन्जका व्यवसायीहरूले प्रदर्शन गरेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा व्यवसायीहरूलाई मार पर्ने किसिमको अव्यावहारिक कर नीति लागू गर्न थालेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । बाँके- सरकारले साउन १ देखि लागू हुने गरी ल्याएको नयाँ कर नीतिको विरोध गर्दै नेपालगन्जका व्यवसायीहरूले प्रदर्शन गरेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा व्यवसायीहरूलाई मार पर्ने किसिमको अव्यावहारिक कर नीति लागू गर्न थालेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । संघको कार्यालय त्रिभुवनचोकबाट सुरु भएको विरोध -याली बीपीचोक हुँदै आन्तरिक राजस्व कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पुगेर ११ बुँदे ज्ञापनपत्र बुझाएको थियो ।

सम्बन्धित सामग्री

कर विरोधमा आज देशभरका सिनेमा हल बन्द

काठमाडौं- कर विरोधमा साेमबार देशभरका सिनेमा हल बन्द गरिएको छ। सरकारले लिँदै आएको करको विराेधस्वरूप आज देशभरका सिनेमा हल बन्द गरिएको हाे। सांकेतिक विरोध भन्दै नेपाल चलचित्र संघले फिल्म प्रदर्शनमा रोक लगाएको हो। चलचत्रि विकास शुल्क, स्थानीय कर, भ्याटजस्ता शीर्षकमा सरकारले ३६ प्रतशित कर उठाउँदै आएको र यो अव्यावहारिक भएको संघको भनाइ छ। चलचत्रि विकास […]

कवाडीमा पालिकै पिच्छे कर

यसरी प्रत्येक पालिकाले कवाडी कर उठाउन लागेको भन्दै चितवनमा व्यवसायीले विरोध समेत गरेका छन्।

विरोधपछि सिद्धार्थनगरले घटायो एकीकृत सम्पत्ति कर

२५ साउन, बुटवल । विरोध भएपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले एकीकृत सम्पत्ति कर घटाएको छ । नगरपालिकाले गत बर्ष भन्दा सात सय प्रतिशतदेखि बाह्रसय प्रतिशतसम्म वृद्धि गरेर चालु आर्थिक बर्षबाट एकीकृत सम्पत्ति कर लिन सुरु गरेपछि विभिन्न राजनीतिक दल, व्यवसायिक र सामाजिक संघ संगठनले विरोध जनाएका थिए । अस्वभाविकरुपमा कर बढाएको भन्दै उनीहरु पुरानै दर कायम […]

पोखरामा कर वृद्धिको विरोध

पोखरा- पोखरा महानगरपालिकाले बढाएको करको विरोधमा प्रदर्शन भएको छ। अस्वाभाविक रूपमा बढाइएको कर खारेज गर्न माग गर्दै विरोध प्रदर्शन भएको हो। जागरुक नागरिक समाजले बढेको करको दरको विरोध गर्दै चिप्लेढुंगादेखि पोखरा महानगरपालिकाको कार्यालयसम्म र्‍यालीसमेत निकाल्यो। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई जागरुक नागरिक समाजले ज्ञापनपत्रसमेत बुझाएको छ। ज्ञापनपत्रमा अंशवन्डा, सवारी-साधन लगायतमा लगाएको कर चर्को भएकाले फिर्ता […]

सुनचाँदीका वस्तुमा २ प्रतिशत विलासिता कर लगाउने घोषणाको विरोध

सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सुनचाँदीका वस्तुमा २ प्रतिशत विलासिता कर लगाउने विषयमा गरेको घोषणाको सुनचाँदी व्यवसायीले विरोध गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघको कार्यालयमा मंगलबार बसेको सुनचाँदी व्यवसायमा...

विद्युतीय सवारी कर वृद्धिमा नाडाको असन्तुष्टि

सरकारले विद्युतीय सवारीमा लगाएको कर वृद्धिको अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले विरोध गरेको छ । सरकारले कुनै ठोस आधार विना नै विद्युतीय सवारी साधनमा कर वृद्धि गरेको भन्दै नाडाले विरोध गरेको हो । सरकारले सोमबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटबारे नाडाले संस्थागत प्रतिकृया दिँदै विना आधार विद्युतीय सवारीमा कर वृद्धि गरेको जनाएको […]

कस्मेटिक सामग्रीमा लगाइएको अन्तशुल्क कर वृद्धिको विरोध

काठमाडौँ – नेपाल कस्मेटिक व्यवसायी संघले कस्मेटिक सामग्रीमा लगाइएको अन्तशुल्क कर वृद्धिको भत्सर्ना गर्दै खारेजको माग गरेको छ । संघका अध्यक्ष ऋषिकेश तिमल्सिनाले विज्ञप्ती जारी गर्दै राज्यले अझै पनि कस्मेटिक व्यवसायीलाई महत्व नदिई दोस्रो दर्जाको नागरिकझै व्यवहार गर्दै आएको भन्दै कस्मेटिक सामग्रीमा लगाइएको अन्तशुल्क कर वृद्धिको भत्सर्ना गरेका हुन् । कस्मेटिक सामग्री विलासिताको सामान मात्र […]

सामुदायिक वनमा लगाइएको तेहेरो करको विरोध

सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले संघीयता लागू भएसँगै सरकारले सामुदायिक वनलाई मनपरी रुपमा कर लगाएको लामो समयदेखि विरोध जनाउँदै आए पनि माग सुनुवाइ भएको छैन । तेब्बर कर आयकर ऐनको मर्मविपरीत रहेको भन्दै फेकोफनले आन्दोलन गर्दै आएको छ ।फेकोफनले सामुदायिक वनमा लगाइएको तेब्बर कर छुटको माग गरेको छ । सामुदायिक वन नाफामूलक संस्था नभई […]

‘सरकार महिनावारीमा कर कहिलेसम्म ?’

महिनावारीका बेला प्रयोग गरिने स्यानिटरी प्याडको मूल्यमा कर लगाएको विरोधमा  युथ काँग्रेस नेपालका कार्यक्रमहरुले प्रदर्शन गरेका छन्। बिहीबार माइतीघरमा प्रदर्शन गर्दै उनीहरुले सरकारको सो कदमको विरोध गरेका हुन् । उनीहरुले प्याडमा लागेको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट खारेजीको माग गरेका छन्।प्रदर्शनमा उनीहरूले रातो कर माफ गर, सरकार महिनावारीमा कर कहिलेसम्म ?, रातो कर खारेजी गर लेखेका प्लेकार्डसहित विरोध गरेका थिए ।