पूर्वी फ्रान्सेली शहर लियोनको एक उपनगरस्थित सात तले अपार्टमेन्ट भवनमा आगलागी हुँदा पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको स्थानीय सरकारले शुक्रबार जनाएको छ। आगलागीको कारण अझै स्पष्ट हुन सकेको छैन। भोल्क्स–एन–भेलिनमा बिहान ३ः०० बजेपछि आगलागी भएको थियो। सो दुर्घटनामा अन्य १४ जना घाइते भएका छन्। जसमध्ये एकको अवस्था गम्भीर छ। भवनको भुइँ तल्लामा फैलिएको र […]