काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले यही चैत २६ गते भृकुटीमण्डपमा जनसभा गर्ने भएको छ । मुलुकमा बहुदलीय व्यवस्था पुनः स्थापना भएको दिनको अवसरमा पार्टीले अहिलेसम्म गरेका कार्यका साथै सङ्गठन सुदृढीकरण तथा विस्तारका अभियानबारे उक्त सभामा जानकारी दिइने भएको छ । सभालाई सफल बनाउन जन वर्गीय सङ्गठनलाई तयारी तथा व्यवस्थापनको विशेष जिम्मेवारी दिइएको छ […]