काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले वैशाख २९ गते २६औं वार्षिक साधारण सभा गर्ने भएको छ ।
वैशाख ४ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहानको ११ बजे शुरू गर्ने जानकारी दिएको हो । सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नुका साथै चालू आव २०७९/८० को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले यस कम्पनीले भविष्यमा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी सम्पूणर् कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि वैशाख १२ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा वैशाख ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।