ललितानिवासको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाउने तयारी, १३२ रोपनी जग्गाको मूल्यबराबर बिगो दाबी गरिँदै

शोभाकान्त ढकाल, रामकुमार सुवेदी, मीनबहादुर गुरुङ, हुपेन्द्रमणि केसी, कैलाशचन्द्र गोयल, शिवरतन सारडा, मनोजकुमार केडियालगायत मुख्य प्रतिवादी बहुचर्चित ललितानिवास जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एक सय ३२ रोपनी जग्गाको...

सम्बन्धित सामग्री

६१ केजी सुन तस्करी प्रकरण: २९ जना प्रतिवादी, एकीकृत कसुरसहितको अभियोग

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालयले ६१ केजी सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रतिवेदनअनुसार सरकारी वकिल कार्यालयले प्रतिवादीसँग ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँ बराबरको बिगो कायम गरी मुद्दा दर्ता गरेको छ । […] The post ६१ केजी सुन तस्करी प्रकरण: २९ जना प्रतिवादी, एकीकृत कसुरसहितको अभियोग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘हाई प्रोफाइल’ निर्णयकर्तालाई उन्मुक्ति

काठमाडौं । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा किर्तेमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २ सय ८९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । जिल्ला अदालतमा २ सय ८९ जनालाई प्रतिवादी बनाइए पनि बिगो मागदाबी भने २ सय ३९ जनासँग मात्रै गरिएको छ । यस प्रकरणमा सिआइबीको अनुसन्धान प्रतिवेदनलाई आधार मानेर सरकारी वकिल कार्यालयले ‘हाई प्रोफाइल’ […]

शिव शिखरका सञ्चालकविरुद्ध काठमाडौंमा दुई अर्बको मुद्दा दायर हुने

शिव शिखर सहकारीको संगठित ठगीसम्बन्धी घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान पूरा गरी सोमबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा प्रतिवेदन पेस गरेको छ । १९ जनाविरुद्ध करिब दुई अर्ब बिगो...

६६ करोड ३१ लाखको बिगो दाबी गर्दै सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेस

शिव शिखर सहकारी घोटलाको पहिलो चरणको अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ । सहकारीले मुलुकभरबाट एक लाख निक्षेपकर्ताको १४ अर्ब रुपैयाँभन्दा धेरै रकम हिनामिना गरेको प्रहरीको दाबी...

अमित श्रेष्ठको मुद्दामा ४८ करोड बिगो मागदाबी, थुनछेक बहस हुँदै

क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा पक्राउ परेका नुवाकोटका अमित श्रेष्ठसँग जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ४८ करोड ४ लाख ७२ हजार बिगो मागदाबी लिएको छ । मोबाइल र ल्यापटपको फोरेन्सिक जाँच रिपोर्ट अनुसार उनले राष्ट्र बैंकको अनुमति बिना विदेशी मुद्राको कारोबार गरेको देखिएको छ ।उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ महानगरपालिका–३ पानीपोखरी बस्दै आएका ४१ वर्षीय श्रेष्ठलाई असार २९ मा पक्राउ गरेको थियो । डिजिटल फोरेन्सिक ल्याबमा उनको ल्यापटप र मोबाइल परीक्षण गर्दा ३३ करोड ९ लाख २१

सरकारी वकिल रहँदा ६१ लाख गैरकानूनी सम्पत्ति आर्जन गरेपछि अख्तियारको मुद्दा

उच्च सरकारी वकिल कार्यालय पोखराका तत्कालीन सहन्यायाधिवक्ता (हाल निलम्बित) सुरेन्द्रबहादुर थापाले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ६१ लाख २ हजार ७६ रुपैयाँ बिगो कायम गरी थापाविरुद्ध आरोपपत्र दायर गरिएको जनाएका छन् ।  थापाले विभिन्न कार्यालयमा पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । विज्ञप्तिमा उल्लेख...

तत्कालीन सह-न्यायाधीवक्ता सुरेन्द्रबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । उच्च सरकारी वकिल कार्यालय पोखराका तत्कालीन सह-न्यायाधिवक्ता सुरेन्द्रबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । पदमा बस्दा स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध आज (बुधबार) भ्रष्टाचार मुद्दा दायर गरेको हो। निलम्बित सह-न्यायाधिवक्ता थापासँग ६१ लाख २ हजार ७६ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारका […]

इच्छाराज तामाङ बिरुद्द अदालतमा मुद्दा दर्ता, ८ वर्ष कैद र साढे ५ अर्ब बिगो माग

ठगीको आरोपमा गत असोज १८ गते पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ बिरुद्द अदालतमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा मुद्दा दायर भएको हो । जिल्ला सरकारी वकिल कार्यालयले तामाङसहित ४३ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो। तामाङविरुद्ध ८ वर्ष कैद सजाय र बिगो बापत ५ अर्ब ५९ करोड रुपैयाँ जरिवाना मागदाबी गरिएको छ। तामाङलाई गत असोज १८ गते प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको थियो। एउटा ऋणीको रुपमा मात्र नभई सहकारी ऐनले कसुर गरेको मानिने क्रियाकलाप गरेकाले तामाङलाई अनुसन्धानका लागि नियन्त्रणमा लिईएको हो। उनी विरुद्द बिभिन्न ६ वटा आरोपहरु लागेका छन्। ६ वटा आरोपहरुमा केन्द्रित अनुसन्धान- बचतकर्ताको करौडौं बचत र त्यसबापत आउने ब्याज फिर्ता नभएको- संकलन भएको निक्षेप सहकारी ऐनको प्रतिकुल हुनेगरी आफ्नै लगानीका कम्पनीमा बिना धितो कर्जा लिएको,- लिएको कर्जाको सावाँ, ब्याज फिर्ता नभएको,- सहकारीको बचत कर्जाको रुपमा आफ्ना लगानी भएका कम्पनीमा लगेर त्यसको दुरुपयोग भएको, - सहकारीबाट कर्जा लिएर लगानी गरिएका कम्पनीबाट भएको आम्दानीको दुरुपयोग भएको, - कर्जा अपचलन र सम्पति शुद्दिकरण हुने काम भएकोतामाङ लगायत १२ जनाविरुद्द लागेका यी आरोपहरु प्रमाणित भएको अवस्थामा सबैलाई संगठित अपराध निवारण ऐन २०७० बमोजिम कारबाही हुनेछ। मुलुकी फौजदारी अपराध संहिता अनुसार ठगी कसुर पुष्टि भए अभियोगीलाई सात वर्षसम्म कैद, जरिवाना र बिगो असुल गरिने प्रावधान छ। तर, संगठित अपराधमा भने ठगी कसुरको डेढ गुणा सजाय हुने प्रावधान छ।

घुस लिएको अभियोगमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि व्यवस्था विभाग शाखा कार्यालय विराटनगरमा कार्यरत फार्मेसी अधिकृत सरोज सुवेदीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सरकारी वकिल कार्यालय तेह्रथुमबाट माग भइ आएको राय पठाई सिल भएको फार्मेसी पसल खोलिदिने प्रयोजनका लागि सेवाग्राहीसँग रु दुई लाख घुस माग गर्दै गरेको अवस्थामा आयोगको टोलीले सुवेदीलाई केही दिन पहिले पक्राउ गरेको थियो । आयोगले आरोपी सुवेदीविरुद्ध बिगो अनुसारको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ...