काठमाडौं : सरकारी नियुक्तिको लागि शैक्षिक प्रमाणपत्र किर्ते गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास वोर्डको संचालक पदमा नियुक्तिको लागि शैक्षिक प्रमाणपत्र किर्ते गर्ने माधव प्रसाद तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको हो।
तिमल्सिनाले पाटन बहुमुखी क्याम्पसबाट मानविकी तथा समाजशास्त्र संकायमा स्नातक…