कर्णाली नदीमा डुंगा पल्टिँदा १० दिनको बच्चासहित तीन जना बेपत्ता

कैलाली। कैलालीको मोहन्याल गाउँपालिका–३, रागाँमलेखास्थित कर्णाली नदीमा आज डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन्। १० जना सवार डुंगा पल्टिँदा १० दिनको बच्चासहित तीन जना बेपत्ता भएको कैलाली जिल्ला प्रहरीले जनाएको छ । पौडिएर बाहिर निस्किएका पाँच सकुशल छन् भने दुई जना घाइते भएका छन्। प्रहरीकाअनुसार उनीहरू बच्चालाई खोप लगाउन सुर्खेतको चौकुनेस्थित स्वास्थ्य चौकी जाँदै थिए।