काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अनशनरत नेता कार्यकर्ताहरुलाई प्रहरीले हटाएको छ। क्रियाशील सदस्यता विवाद समाधानको मागसहित सानेपामा अनशनरत रौतहट र सर्लाहीका नेता कार्यकर्ताहरुलाई प्रहरीले हटाएको हो।
उनीहरु विगत केही समयदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा रिले अनशनमा थिए। अनशनमा बसेकाहरुले सभापति शेरबहादुर देउवाको निर्देशनमा आफूहरुलाई हटाएको आरोप लगाएका छन्।…