vकाठमाडौं। फ्रन्टलाइनमा कार्यरत सबै पत्रकारलाई कोभिड १९ विरुद्धको खोप लगाउन प्राथमिकता दिन माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट दायर भएको छ। पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ धिमिरे र बिष्णु गिरी निश्चलले बिहिबार रिट दायर गरेका हुन्। पत्रकारहरुलाई राज्यले कोभिडविरुद्धको खोपमा प्राथमिकता नदिएकाले न्यायालयको ढोका ढक्कढक्याउनु परेको रिट निवेदक अधिवक्ता गिरीले बताए। रिटको सुनुवाई आईतबारको लागि तोकिएको छ।