काठमाडौं : एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपालले आयोजक मलेसिया खेल्दैछ। । मलेसियाको वायोमास ओभलमा नेपालले टस जितेको छ र ब्याटिङ गरिरहेको छ। सेमिफाइनल खेलमा जित निकै महत्त्वपूर्ण छ। जित दर्ता गरेको अवस्थामा नेपालले एसिया कपमा स्थान सुरक्षित गर्नेछ। यसअघि नेपाली पुरुष सिनियर र अन्डर नाइन्टिन टिमले एसिया कप खेलिसकेको छ। जारी प्रतियोगितामा अहिलेसम्म नेपालले सहज प्रतिद्वन्द्वी पाए पनि सेमिफाइनल प्रतिस्पर्धात्मक हुनेछ। तर नेपाली खेलाडी राम्रो फर्ममा रहेका कारण यही लय कायम राख