निर्वाचन आयोगको त्रुटिले मतदाता मतदान गर्नबाट वञ्चित

बारा : निर्वाचन आयोगको त्रुटिका कारण बाराका धेरै मतदाता मतदानबाट बञ्चित भएका छन्। जितपुर सिमरा उपमहानगरपालिका-७ को मात्रै ३५ जनाले स्थानीय निर्वाचनमा मत दिएको मतदाता परिचय पत्रका आधारमा भोटर लिस्टमा नाम नभेटेपछि मतदान दिन नपाएको विटु कुमार गुप्ताले बताए।आफ्नो वडाका ३ वटै वुथमा खोज्दा पनि नाम नभेटेपछि निराश बनेर सलिना खातुन घर फर्किएकी थिइन्। ‘मत दिएर नागरिकको दायित्व पूरा गर्ने समयमा अनागरिक भएको महसुस गरे,’ नुर महमद मियाँले भनिन्।यसबारे सोध्दा जिल्ला  निर्वाचन अधिकृत सरोज चौधरी

सम्बन्धित सामग्री

उज्बेकिस्तानमा संविधान सुधारको पक्षमा मतदान : निर्वाचन आयोग

तास्कन्द- मध्य एसियाली मुलुक उज्बेकिस्तानका मतदाताले राष्ट्रपति शावकत मिर्जियोयेभलाई सन् २०४० सम्म सत्तामा रहिरहन सक्नेगरी गरिएको संवैधानिक परिवर्तनको पक्षमा मतदान गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार करिब ९० प्रतिशत मतदाताले सुधारको समर्थन गरेका छन् । त्यहाँ आयोजित जनमत सङ्ग्रहमा करिब ८५ प्रतिशत मतदाता सहभागी भएको बताइएको छ । मतदानको नतिजाबारे प्रतिक्रिया […]

आजदेखि मतदाता नामावली अध्यावधिक गर्दै निर्वाचन आयोग

काठमाडौं – निर्वाचन आयोगले आइतबार (आज) देखि एक सातासम्म मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु गर्ने भएको छ। मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भएको दिन २०७९ साउन १९ गतेसम्म सङ्कलन भएको र मतदान हुने मिति भन्दा अघिल्लो दिन २०७९ मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक […]

कम्तीमा ६२ प्रतिशत मतदान : निर्वाचन आयोग

३० वैशाख, काठमाडौं । शुक्रबार भएको स्थानीय तह निर्वाचनमा ६२ प्रतिशत मत खसेको भएको निर्वाचन आयोगले जनाएको छ । देशका ७५३ स्थानीय तहमा ५ वर्षका लागि जनप्रतिनिधि चयनका लागि भएको मतदानमा कम्तीमा ६२ प्रतिशत मतदाता सहभागी भएको एक निर्वाचन आयुक्तले बताए । शुक्रबार २६ मतदानस्थलका ४१ केन्द्रको निर्वाचन स्थगित भएको आयोगले जनाएको छ ।

वैशाख ३० गते देशभर निर्वाचन, चुनावी तयारी पुरा : निर्वाचन आयोग

वैशाख २९, काठमाडौं । स्थानीय तह सदस्यको निर्वाचन वैशाख ३० गते शुक्रवार देशभर हुँदैछ । जसको लागि अधिकांश स्थानमा चुनावी तयारी पूरा भइसकेको छ भने बाँकी स्थानमा तयारी पूरा हुने क्रममा रहेको निर्वाचन आयोग, नेपालले बताएको छ ।  काठमाडौंमा पनि स्थानीय तहको निर्वाचनका लागि तयारीका कामहरु भइरहेका छन् । सुरक्षाकर्मी र कर्मचारीहरु निर्वाचन केन्द्र र मतदान स्थलमा खटिसककेको आयोगले बताएको छ । काठमाडौंको चाबाहिल पानीट्याङ्की ‘क’ का मतदान अधिकृत दशरथ धमलाले आवश्यक तयारी पूरा भएको बताए । उनले नयाँ मतदाताहरुलाई नमूना मतपत्रमा भोट हाल्न सिकाएको र मतदाताहरुले सिक्न चाहेका निर्वाचन सम्बन्धी अन्य जानकारी पनि दिइएको बताए । मतदाता परिचय पत्र वितरण र मतदाता शिक्षाको काम बिहीवार दिउँसो ३ बजेसम्म चल्नेछ । त्यसपछिको समयमा भोलि हुने स्थानीय तहको निर्वाचनका लागि बाँकी तयारी सक्ने र मतदातालाई सुरक्षित, भयरहित र निष्पक्ष रुपमा भोट हाल्न पाउने व्यवस्थाका लागि काम गर्ने मतदान अधिकृत धमलाले बताए । मतदान अधिकृत धमलाले मतदाताहरुलाई सरल तरिकाले बदर नहुने गरी भोट हाल्न सिकाइएको बताए । उनले निर्वाचन आायेगले एउटा मतदान केन्द्रका लागि उपलब्ध गराएका पाँच कर्मचारी र अन्य तीन जना स्वयंसेवकसहितको टिमले अहिले चुनावका लागि बाँकी तयारीका कामहरु गरिरहेको बताए ।

निर्वाचन आयोगले दुई दिन मतदाता शिक्षा दिने

काठमाडाैँ- निर्वाचन आयोग नेपालले बुधबार र बिहीबार मतदाता शिक्षा दिने भएको छ। नयाँ मतदाताहरूलाई मत कसरी हाल्ने भन्ने बारेमा जानकारी नभएकोले मतदाता शिक्षामा समेटेर त्यसलाई सिकाइने आयोगले जनाएको हो। आयोगले सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचय पत्र वितरण गर्ने र नमूना मतपत्रमा मत हाल्न सिकाउनेछ। स्थानीय तहको निर्वाचनका लागि मंगलबार राति १२ बजेबाट नै […]

कोरोनाका कारण राष्ट्रियसभा निर्वाचन प्रभावित हुँदैन: निर्वाचन आयोग

काठमाडौँ, २९ पुस: कोरोना भाइरसका कारण राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रभावित नहुने निर्वाचन आयोगले जनाएको छ । स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्रिय सभा सदस्यको मतदान माघ १२ गते नै गर्ने आयोगले जानकारी दिएको हो । राष्ट्रिय सभाको मतदानका लागि मतदाता संख्या सीमित रहेकाले आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर निर्धारित कार्यक्रमबमोजिम नै मतदान हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा […]

मतदाता नामावलीमा सबैलाई समेट्न वाईसीएलको माग

काठमाडौं : अस्थायी तथा स्थायी बसोवास गर्ने बासिन्दालाई मतदाता नामावलीमा नाम समावेश गर्न निर्वाचन आयोगलाई नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाल भक्तपुरले ज्ञापनपत्र बुझाएको छ। निर्वाचन आयोगले अनिवार्य बसाइँसराइ खोजेकाले मतदाताहरू मतदानबाट वञ्चित नहोऊन् भनी वाईसीएल नेपाल भक्तपुर जिल्ला समिति संयोजक नरेश रञ्जित र इन्चार्ज दिनेश थपलियाद्वारा हस्ताक्षरित विज्ञप्ति निर्वाचन आयोग भक्तपुरलाई ज्ञापनपत्र बुझाएका हुन्। विज्ञप्तिमा भनिएको

मतदाता नामावली अद्यावधिक अवसरको सदुपयोग गर्नुस्ः निर्वाचन आयोग

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचनका लागि पूर्वशर्तका रुपमा रहेको मतदाता नामावली अद्यावधिक गर्ने र मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्न सबै सरोकारवालासँग प्रभावकारी समन्वय गरी जिम्मेवारीपूर्ण रुपमा सम्पादन गर्नुपर्ने बताएका छन् ।मतदाता नामावली अद्यावधिक, मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम, कार्यान्वयनसम्बन्धी अनलाइन प्रविधिमार्फत दोस्रो समूहमा प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशस्थित जिल्ला न

मतदाता नामावली अद्यावधिक अवसरको सदुुपयोग गर्नुस् : निर्वाचन आयोग

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचनका लागि पूर्वशर्तका रुपमा रहेको मतदाता नामावली अद्यावधिक गर्ने र मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्न सबै सरोकारवालासँग प्रभावकारी समन्वय गरी जिम्मेवारीपूर्ण रुपमा सम्पादन गर्नुपर्ने बताएका छन् ।मतदाता नामावली अद्यावधिक, मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम, कार्यान्वयनसम्बन्धी अनलाइन प्रविधिमार्फत दोस्रो समूहमा प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशस्थित जिल्ला निर्वाचन कार

अन्तिम मतदाता नामावली तयारीको प्रक्रिया सुरू : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख १७ र २७ गते हुने मध्यावधी निर्वाचनलाई मध्यनजर गर्दै “मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७” र त्यसको कार्यान्वयनका लागि “मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्यक्रम, २०७७” स्वीकृत गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार स्वीकृत कार्यविधी र कार्यक्रमअनुसार यही पुस २३ गतेबाट जिल्लास्तरमा मतदानस्थल तथा मतदान केन्द्र निर्धारण सम्बन्धी काम सुरु गरिनेछ । प्रवक्ता श्रेष्ठले प्रमुख जिल्ला अ