किसानको उत्पादन खरिद–बिक्रीकाे लागि मन्त्रालयले बनायो ‘डिजिटल कृषि बजार’

काठमाण्डाै – लकडाउनको बेला किसानका उत्पादन बिक्री–वितरणमा समस्या भएको गुनासोपछि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले डिजिटल कृषि बजार सञ्चालनमा ल्याएको छ । लकडाउनको समयमा समेत किसानले उत्पादन गरेका तरकारीलगायतका कृषि उपजहरु बिक्रीको लागि व्यापारिक खरिदकर्ताहरुसँग सम्पर्क गर्न सहज होस् भनेर डिज...

सम्बन्धित सामग्री

अब सुदूरपश्चिममा कृषि क्रान्ति आवश्यक छ: कृषि मन्त्री थापा

बाजुरा। सुदूरपश्चिम प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले सुदूरपश्चिम प्रदेशमा अब कृषि क्रान्ति आवश्यक रहेको बताएका छन् । कृषि बजार तथा कोल्ड च्याम्बर उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा मन्त्री थापाले प्रदेश सरकारले कृषिमा लगानी बढाइरहेको भन्दै किसानहरुलाई पनि कृषिमा लाग्न प्रेरित गरेका थिए। उनले आफ्नो मन्त्रालयले पहाडी जिल्लामा बजेट तराईकै हाराहारीमा भएको स्पष्ट […]

धरानको कृषि उपज बजार आठौंपटक उत्कृष्ट घोषित

धरान (अस) । मुलुकभरका ११ ओटा संघीयस्तरका कृषि बजारमध्ये धरानको कृषि उपज बजार स्थल आठौंपटक उत्कृष्ट घोषित भएको छ । कृषि बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धरानको कृषि उपज बजारलाई यो वर्षको प्रथम बजार घोषणा गरेको जानकारी दिए । धरान कृषि बजार २०७५ सालयता लगातार उत्कृष्ट घोषित हुँदै आएको छ । कृषि मन्त्रालयले हरेक वर्ष विश्व खाद्य दिवसको अवसर पारेर उत्कृष्ट थोक बजारलाई पुरस्कृत गर्ने गरेको छ । धरानको कृषि उपज बजार स्थल प्रथम, सिन्धुली कृषि थोक बजार दोस्रो र बुटवल कृषि थोक बजारलाई तेस्रो घोषणा गरी पुरस्कृत गरिएको भट्टराईले जानकारी दिए । किसान तथा व्यापारीलाई दिइने बजार सेवाको व्यवस्थापन, कारोबारको अवस्था लगायतको अनुगमन र मूल्यांकन गरेर वर्षेनि थोक बजारलाई पुरस्कृत गर्ने गरिएको छ । प्रथम, दोस्रो र तेस्रो हुने बजारहरूले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगदसहित प्रमाणपत्र पाएका छन् । बजार व्यवस्थापन समतिका अध्यक्ष पशुराम कटुवालले व्यवस्थापनमा सबैको सहयोग र सहकार्यका कारण सफलता हात पार्न सफल बनेको वताए । उनले आगामी दिनमा पनि थप व्यवस्थित गर्दै अन्तरराष्ट्रियस्तरको बजार बनाउन स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको सहयोगको अपेक्षा गरेका छन् ।

धरान कृषि बजारमा प्रदेशकै ठूलो शीतगृह निर्माण

धरान । धरान उपमहानगरपालिका–१३ मा रहेको कृषि उपज बजार स्थलमा प्रदेश १ कै ठूलो शीतगृहको निर्माण सम्पन्न भएको छ । २ वर्षअघि ७५ टन क्षमताको शीतगृह बनाइएको बजारमा पुनः ९० टन क्षमताको अर्को शीत गृह निर्माण भएको हो । नवनिर्मित शीतगृह यसै साता सञ्चालनमा ल्याउने तयारी भएको बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । यससँगै धरानमा अब १६५ टन क्षमताको शीतगृहको सुविधा रहनेछ । गत आर्थिक वर्ष २०७७/७८ को कार्यक्रम अन्तर्गत प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले दोस्रो शीतगृहका लागि ५० लाख (७५ प्रतिशत) रकम विनियोजन गरिदिएको थियो । कृषि बजार व्यवस्थापन समितिको १७ लाख गरी कुल ६७ लाख रुपैयाँमा शीतगृहको निर्माण सम्पन्न भएको हो । तीनओटा चेम्बर रहेको शीतगृहमा प्रत्येक चेम्बरको क्षमता ३० टनको रहेको छ । ठूलो भण्डारण क्षमता रहेको शीतगृहमा किसानले अब तरकारी, फलफूल लगायत उत्पादन राखेर बजार मूल्य र आवश्यकताका आधारमा विक्री वितरण गर्न सक्नेछन् । कृषि उपज बजार स्थलले अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा पनि प्रदेश सरकारकै सहयोगमा ७५ टन क्षमताको शीतगृह बनाई सेवा दिइरहेको छ । शीतगृहमा स्थानीय उत्पादन (किवी, नास्पाती, सुन्तला, बीउ प्रयोजनको आलु) लगायत कृषि उपजलाई प्राथमिकतामा राखेर भण्डारण सुविधा दिइने बताइएको छ । यसअघि निर्मित शीतगृहमा हाल ६० टनभन्दा माथि फलफूल भण्डारण गरिएको छ । आगामी दिनमा फलफूल पकाउन मिल्ने आधुनिक चेम्बर बनाई विषादीमुक्त फलफूल विक्रीवितरणको योजना अघि बढाइने कृषि उपज बजार स्थल धरानले बताएको छ ।