निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा उम्मेदवारको मनोनयन दर्ता सम्पन्न गरेको छ ।
आयोगले प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, बाग्मती प्रदेशको हेटौंडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनीको घोराही, कर्णालीको वीरेन्द्रनगर र सुदूरपश्चिमको धनगढीमा उम्मेदवारी दर्ता कार्यक्रम तय गरेको थियो ।
दर्ता भएका उम्मेदवारविरुद्ध आयोगले बुधबार उजुरी दिन सकिने जनाएको छ । यस्तै, २२ देखि २३ पुससम्ममा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २३ गते नै उम्मेदवारको नामावली प्रकाशन गर्ने, २४ पुसमा उम्मेदवारले नाम फिर्ता लिने र ...