कञ्चनपुर : मानव बेचविखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत कञ्चनपुर दोषी ठहर एक व्यक्ति १२ वर्षपछि पक्राउ परेका छन्।साविकको पिपलाडी गाविस–३ (हाल शुक्लाफाँटा नगरपालिका–१) का ४५ वर्षीय गणेशप्रसाद जोशीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। उनलाई सोही ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए। उनलाई अदालतमा पेश गरी जारी गरिएको कैदी पूर्जिअनुसार सजाय भुक्तानका लागि कारागार चलान गरिएको छ। उनका अनुसार गणेशले २०६४ असार २