बैंकहरुले निक्षेपकर्ताको पैसा फिर्ता नगरेपछि चीनमा प्रदर्शन

काठमाडौँ– चीनमा बैंकहरुले निक्षेपकर्ताहरुको पैसा फिर्ता नदिएसँगै व्यापक आक्रोश बढ्न थालेको छ । चीनको हेनान प्रान्तमा चारवटा स्थानीय ग्रामीण बैंकहरुले निक्षेपकर्ताको पैसा फिर्ता दिन आलटाल गरेसँगै हजारौँ प्रदर्शनकारी प्रान्तीय राजधानी झेङजोउको सडकमा उत्रेका हुन् । ती बैंकहरुले गत अप्रिल महिनायता निक्षेपकर्ताको दशौँ लाख अमेरिकी डलर बराबरको रकम रोक्का गरेको जनाइएको छ । यसबाट हजारौ मानिसहरु […]

सम्बन्धित सामग्री

सेरेसले ल्यायो १३०० किमि रेन्ज दिने एसयूभी, चीनमा रेकर्ड बुकिङ

काठमाडौं । हुवावे र सेरेसको संयुक्त लगानीमा बनेको पहिलो हाइब्रिड एसयूभी ‘आइटो एम-७’ रेन्जको कारण चर्चा कमाइ रहेको छ । कम्पनीले चर्चा मात्रै कमाएको छैन, रेकर्ड बुकिङ पनि पाइरहेको छ । सेप्टेम्बर १२ बाट चीनमा बिक्री सुरु भएको आइटो एम-७ ले अहिलेसम्म ४० हजार बुकिङ पाएको छ । कम्पनीले पैसा फिर्ता नहुने सर्तमा बुकिङ खुल्ला […]

पर्यटनको लाभ लिन हवाई सेवा विस्तार

नेपालले पर्यटकको बसाइ र खर्च बढाउने नीति लिए पनि अपेक्षाकृत सफलता नमिलिरहेको अवस्थामा पर्यटकको संख्या घटेको समयमा भने उनीहरूले गर्ने खर्च बढेको पाइएको छ । तर, पर्यटकले गर्ने खर्चको ठूलो अंश विदेशी वायु सेवाले लैजाने हुँदा मुलुकले अपेक्षित लाभ लिन भने सकेको छैन । नेपालमा गुणस्तरीय पर्यटक आएनन् भनिरहँदा आएका खर्चालु पर्यटकले खर्च गर्ने ठाउँ नपाएर पैसा फिर्ता लगेको तथ्यलाई पनि हामीले बिर्सनु हुँदैन । त्यसैले पर्यटकीय गतिविधि बढाउन ठूलो लगानी आवश्यक देखिन्छ । नेपाल आउने पर्यटकको बसाइ अवधि निकाल्न सजिलो भए पनि उनीहरूले गरेको खर्चको तथ्यांक भने निकाल्न सकिएको छैन । तर, सरकारी अधिकारीहरूले एकै वर्षमा पर्यटकको औसत खर्च प्रतिदिन ४८ डलरबाट बढेर सय नाघेको अनुमान गरेका छन् । २०२१ मा ४८ डलर खर्च गरेको देखिएकोमा २०२२ मा १ सय डलर नाघेको अनुमान गरिएको हो । नेपाल राष्ट्र बैंकले होटेल तथा एकोमोडेशन क्षेत्रबाट हुने विदेशी मुद्रा सटहीका आधारमा प्रतिपर्यटक खर्च निकाल्दै आएको छ । अब सरकारले टुरिजम स्याटलाइट एकाउन्ट तयार गरी त्यसको लागि छुट्टै सर्वे गर्ने तयारी गरेको छ । यसले पर्यटकको खर्चको अनुमान गर्न बढी सहज हुने देखिन्छ । नेपाल आउने पर्यटकको संख्या बढे पनि र खर्च बढे पनि त्यसको ठूलो अंश विदेशी वायुसेवा कम्पनीहरूले लैजाने गरेका छन् । अहिले नेपालको सरकारी नेपाल वायु सेवा निगमले नाममात्रको विदेशी पर्यटक ल्याउने गर्छ । नेपालको प्रमुख पर्यटन बजारमा उसले सेवा दिन सकेको छैन । उसको उपस्थिति बलियो हुने हो भने विदेशी वायु सेवाले भाडा घटाउन बाध्य हुने देखिन्छ । यसको उदाहरण दिल्लीमा निगमको उडानले ल्याएको भाडाको प्रतिस्पर्धालाई लिन सकिन्छ । पर्यटकको बढी खर्च हवाई टिकटका लागि हुने भएपछि एक त उनीहरू नेपाल आउन नै आउँदैनन्, आए पनि अन्य शीर्षकमा गर्ने खर्च कटौती गर्न बाध्य हुन्छन् । अन्य देशको दाँजोमा पर्यटकीय क्रियाकलापका लागि सस्तो पर्ने भए पनि हवाई भाडाकै कारण पर्यटकको संख्या बढ्न नसकेको देखिन्छ । निगमले विगतमा यूरोपमा गरेको उडानकै कारण खर्चिला पर्यटकको संख्या प्रशस्त थियो । तर, अहिले त्यो अनुपात घटेको छ । प्रत्यक्ष उडान हुँदा ट्रान्जिटका लागि खर्च हुने समय र झन्झटको बचत हुन्छ । ट्रान्जिटमा लागेको समय जोगिए उनीहरूले नेपाल बसाइको अवधि पनि बढाउन सक्छन् । निगमको उडान प्रमुख पर्यटकीय बजारमा पुर्‍याउनु सबैभन्दा बढी महत्त्वपूर्ण छ । तर, निगमले आफूसँग भएका विमानबाट पर्याप्त उडान गर्न सकिरहेको छैन । पुराना गन्तव्यमै पनि उडान शुरू गर्न पाएको छैन । यसो हुनुका विविध कारणमध्ये यूरोपेली संघले नेपालको उडान क्षेत्रलाई कालोसूचीमा राख्नु पनि एक हो । यसलाई हटाउन पहल भइरहेको छ र चाँडै हट्ने सम्भावना पनि देखिएको छ किनभने यसका लागि सुरक्षा अडिटको अंक नेपालले हासिल गरिसकेको छ । नेपालमा गुणस्तरीय पर्यटक आएनन् भनिरहँदा आएका खर्चालु पर्यटकले खर्च गर्ने ठाउँ नपाएर पैसा फिर्ता लगेको तथ्यलाई पनि हामीले बिर्सनु हुँदैन । त्यसैले पर्यटकीय गतिविधि बढाउन ठूलो लगानी आवश्यक देखिन्छ । अहिले तारे होटेलहरू खुल्ने क्रम बढे पनि अन्य पर्यटकीय प्रडक्टमा भने ठूलो लगानी बढ्न सकेको छैन । चीनले आफ्ना नागरिकलाई विदेश भ्रमण गर्न अनुमति दिएको छ र यस्तो अनुमति प्रदान गरिएको देशमा नेपाल पनि परेको छ । भारतीय पछि बढी संख्यामा चिनियाँ पर्यटक आएको विगत हेर्दा अब पर्यटकको संख्या ह्वात्तै बढ्ने देखिन्छ । चिनियाँ वायु सेवा कम्पनीहरूले नेपालमा उडानको संख्या बढाइरहँदा निगमको जहाज चीनमा लैजान सकिएको छैन । पेचिङ, सांघाईजस्ता केही क्षेत्रमा निगमको उडान गर्न सक्ने हो भने यसको फाइदा नेपालले पाउँछ । साथै निगमले सस्तो भाडा तय गर्दा चिनियाँ कम्पनीहरूलाई पनि भाडा घटाउन दबाब पर्छ । चिनियाँ पर्यटकले गर्ने खर्च वीच्याटबाट सीधै भुक्तानी हुँदा नेपालले कुनै पनि लाभ नलिने अवस्था पनि आएको छ । त्यसमा समेत ध्यान जानु जरुरी छ ।

चीनको पैसाले मर्जर धरापमा

ग्लोबल आइएमईसँग मर्जरको प्रक्रियामा रहेको बैंक अफ काठमाडौँ (बीओके) र सिभिलसँग मर्जरको प्रक्रियामा रहेको हिमालयन बैंक दुवैले चीनमा मेलम्ची आयोजनासँग सम्बन्धित मुद्दा जितेर फिर्ता पाएको रकम गत आर्थिक वर्षको ब्यालेन्स शीटमा देखाउन खोजेपछि दुवै मर्जर धरापमा पर्ने जोखिम देखिएको छ ।गत साउन १५ गते हिमालयन बैंक र बीओकेले मेलम्ची खानेपानी आयोजना सम्बन्धित जमानतमा भएको नोक्सानीउपर चीनको अदालतमा चलेको मुद्दा जितेर क्रमश: ६६ लाख ५० हजार अमेरिकी डलर (८४ करोड १९ लाख) र ६६ लाख २५ हजार १० अमेरिकी डलरसँगै १४ लाख ११ हजार ४५३ (करीब १ अर्ब ) फिर्ता पाएका थिए । यी दुवै बैंकले मुद्दा जितेपछि चाइना कन्स्ट्रक्सन बैंकले पैसा फिर्ता गरिदिएको छ । तर यी दुई बैंकलाई आएको यो लाभ फलिफाप भने नहुने देखिएको छ । पछिल्लो समय नेपालको बैंकिंङ क्षेत्रमा चर्चामा रहेको यो घटनाले पनि सम्पतिको लाभ सधैं सुखद हुदैन भन्ने देखाएको हो । चीनमा मुद्दा जितेपछि आएको पौने दुई अर्ब भन्दा बढी रकम पाएपछि बैंक अफ काठमाडौँ र हिमालयन बैंक खुसी हुनुपर्थ्यो तर त्यस्तो भएको छैन । मुद्दा जितेपछि फिर्ता पाएको पैसाकै कारण हिमालयन र सिभिलबैंकबीचको प्राप्ति तथा ग्लोबल आइएमई र बैंक अफ काठमाडौँबीचको मर्जर प्रक्रिया नै अप्ठ्यारोमा देखिएको छ । हिमालयन र बैंक अफ काठमाडौँका सञ्चालकहरु अदालतको फैसला असारमै आएकाले उक्त पैसा असारकै ब्यालेन्स सिटमा देखाउनुपर्ने पक्षमा देखिएका छन् । तर हिमालयन बैंकसँग प्राप्ति प्रकृयामा रहेको सिभिल तथा बिओकेसँग मर्जर प्रकृयामा रहेको ग्लोबल आइएमईले निर्णय असारमा भएपनि पैसा साउनमा मात्र आएकाले यो पैसा चालू आर्थिक वर्षको ब्यालेन्स सिटमा देखाउनुपर्ने पक्षमा छन् । उक्त पैसा २०७९ असारमै आएको देखाउँदा यसबाट सृजना हुने फाइदा हिमालयन र बिओकेका सेयरधनीमा मात्र जाने हुँदा यी दुवै बैंकले मुद्दा जितेर आएको पैसा २०७९ असारमै आएको देखाउन चाहन्छन् । तर २०७९ साउनमा आएको देखाउँदा यसबाट सृजना हुने लाभ आफूहरुले पनि पाउने देखेपछि सिभिल र ग्लोबल आइएमई यो पैसा चालू आर्थिक वर्षको ब्यालेन्स सिटमा देखाउने पक्षमा छन् । 'चीनमा मुद्दा जितेपछि आएको पैसाकै कारण मर्जर प्रक्रिया नै धरापमा पर्ने अवस्था छ, उक्त पैसा कुन वर्षको ब्यालेन्स सिटमा आम्दानीको रुपमा देखाउने भन्ने कुराले लाभांशको अंकमा असर पर्ने देखिएकाले विशेष गरी सेयरधनीहरुको चासो बढिरहेको हो,' मर्जर समितिका एक सदस्यले बताए । सम्बन्धित संस्था अर्थात् हिमालयन र बिओके गत आर्थिक वर्षको ब्यालेन्ससिटमा उक्त पैसा आम्दानीको रुपमा देखाउन चाहेका छन् भने ग्लोबल आइएमई र सिभिल बैंक चालू आर्थिक वर्षको ब्यालेन्ससिटमा आम्दानीको रुपमा देखाउन चाहन्छन । कुन वर्षको ब्यालेन्ससिटमा आम्दानीको रुपमा देखाउने भन्ने अहिलेको मतभेद विवादमा रुपान्तरण भएर यही कारणले मर्जन तोडिन पनि सक्ने बैंकका उच्च तहका कर्मचारीहरुको भनाइ छ । 'झन्डै पौने दुई अर्बको कुरा हो, यही कुरालाई लिएर सञ्चालकहरुबीच विवाद बढ्यो भने मर्जर नहुन पनि सक्छ,' स्रोतले बिजपाटीसँग भन्यो ।

हिमालयन तथा बीओकेले पाए मेलम्चीको ग्यारेन्टी बापतको रकम फिर्ता

हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके) ले एक दशकपछि चीनमा जितेको मुद्दाको सम्पूर्ण रकम मंगलबार फिर्ता पाएका छन् ।लामो समयदेखि बैंक जमानतको रकम अड्किँदा दुवै बैंकले चीनमा मुुद्दा लडिरहेका थिए । तर, १५ साउनमा मुद्दा जितेको २० दिनपछि दुवै बैंकले पैसा फिर्ता पाएका हुन् ।बैंक अफ काठमाण्डूले अमेरिकी डलर ६६ लाख २५ हजार १० […]

हिमालयन र बिओकेले चीनमा मुद्दा जितेपछि डेढ अर्ब रुपैयाँ फिर्ता पाए

हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले चीनमा मुद्दा जितेपछि करिब डेढ अर्ब रकम फिर्ता पाएका छन् । यी २ बैंकले एक दशक लामो प्रयासपछि पैसा फिर्ता पाएका छन्। मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित जमानतमा भएको नोक्सानी असुल उपर सम्बन्धी मुद्दा चीनको अदालतमा सुनुवाइ भएको थियो । गत साउन १५ गते यी २ बैंकले मुद्दा जितेका हुन् । मुद्दाको अन्तिम फैसला भएको २० दिनपछि बैंकले सबै पैसा फिर्ता पाएका छन् ।बैंक अफ काठमाण्डूले ६६ लाख २५ हजार १० अमेरिकी डलर र १४ लाख ११ हजार ४५३ युरो तथा हिमालयन बैंकले ६६ लाख ५० हजार अमेरिकी डलर फिर्ता पाएको हो । यसअघि, २ वर्षअघि पनि यी २ वटै बैंकले मुद्दा जितेका थिए । तर, मुद्दा हारेको पक्ष माथिल्लो अदालत गएको थियो । नेपालका बैंकले मुद्दा जितेपछि चाइना कन्स्ट्रक्सन बैंकले पैसा फिर्ता गरिदिएको हो ।

नेपाली बैंकले चीनमा जिते डेढ अर्बको मुद्दा

अन्तत: १० वर्षपछि हिमालयन बैंक तथा बैंक अफ काठमाण्डू (बीओके)ले मेलम्ची खानेपानी आयोजनामा राखेको काउन्टर ग्यारेन्टीबापतको अग्रिम भुक्तानीको मुद्दा जितेका छन् । लामो कानुनी लडाइँपछि मुद्दा जितेको तथा अब नेपाली बैंकले आफ्नो पैसा फिर्ता पाउने कुरामा ढुक्क भएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए । “सायद १० दिनभित्रमा जमानत रकम फिर्ता हुन्छ होला,” […]

नेपाली बैंकले चीनमा जिते डेढ अर्बको मुद्दा

काठमाडौं । अन्तत: १० वर्षपछि हिमालयन बैंक तथा बैंक अफ काठमाण्डू (बिओके ) ले मेलम्ची खानेपानी आयोजनामा राखेको काउन्टर ग्यारेन्टीबापतको अग्रिम भुक्तानीको मुद्दा जितेका छन् । लामो कानुनी लडाईपछि मुद्दा जितेको तथा अब नेपाली बैंकले आफ्नो पैसा फिर्ता पाउने कुरामा ढुक्क भएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए । ‘सायद १० दिनभित्रमा जमानत […]