काठमाडौं : काठमाडौंको टोखास्थित ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालिले पर्यटन भिसामा युएई पठाएर अलपत्र पारेका नेपालीमध्ये ८ जनाको उद्धार गरि आज स्वेदश ल्याएको छ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले पर्यटन भिसामा पठाएर अलपत्र पारेका श्रमिकको तत्काल उद्धार गर्न ट्रिपल स्टारलाई चेतावनी दिएपछि सो म्यानपावरले उनीहरूको उद्धार गरी आज नेपाल ल्याएको हो।ट्रिपल स्टारले तनहुँका राजीव सुनुवार र ज्ञानेन्द्र रानाभाट, गोरखाका सुनिल पन्थ र रमेशजंग शाह, डडेल्धुर
झण्डै आठ महिनाभन्दा बढी सेल्टरमा रहँदा डोल्मा लामा (नाम परिवर्तन) ले नेपाल फर्कन पाउँछु भनेर सोचेकी पनि थिइनन् । नेपाली भूमिमा टेक्नेबित्तिकै उनले लामो श्वास भरिन् र आँखा टिलपिल पार्दै भनिन्, “सायद एनआरएनए नभएको भए म र मेरा बच्चा विदेशमै अलपत्र पर्ने थियौँ होला । मैलें कल्पना पनि गरेको थिइँन, म र मेरा बच्चाहरु यसरी आज नेपाल फर्कन पाउँछौँ । यो सहयोगको लागि एनआरएनएलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।”
फेब्रुअरी ८, २०२० मा त्रिभुवन विमानस्थल हुँदै यूएई गएकी थिईन उनी । उनी सेल्समा काम गर्थिन् । सबैकुरा सोचे अनुरुप नै थियो । तर अचानक डोल्पाको जीवनले फरक मोड लियो । डोल्पाले जसलाई विश्वास गरें उसैले नै धोका दियो । जसोतसो आफूलाई सम्हालेर डोल्मा अघि बढ्दै थिइन् । तर, एकदिन अचानक काममै भएको बेला डोल्मा बिरामी परिन् र उनलाई अस्पताल पुर्याइयो । उपचारका क्रममा डोल्मा गर्भवति भएको थाहा भयो । डोल्मालाई यतिसम्मको बज्रपातको अन्दाज थिएन । उनले बच्चाको बाबुको खोजी नगरेकी होइनन् तर उनको खोज असफल रह्यो । अर्कोतर्फ कम्पनीले उनलाई कामबाट पनि निकालिदियो । उनी न त घर फर्कन सक्थिन्, न त दुबईमा बस्ने आधार थियो ।
काठमाडौं। गैरआवासीय नेपाली संघले युएईमा जुम्ल्याहा बच्चासहित अलपत्र परेकी नेपाली महिला डोल्मा लामा (नाम परिवर्तन) को उद्दार गरेको छ।“कल्पना पनि गरेको थिइँन म र मेरा बच्चाहरु यसरी आज नेपाल फर्कन पाउँछौँ भन्ने”, डोल्माले भनिन्।उनी सन् २०२० फेब्रुअरी ८ मा युएई गएकी थिईन्।उनको त्यही माया बस्यो,तर प्रेमीले गर्भवती भएपछि धोका दिए। त्यसपछि उनलाई रोजगारदाताले कामबाट निकालेपछि शेल्टरमा अलपत्र परेकी थिइन्।
बर्मा (म्यानमार) बाट २६ नेपाली स्वदेश फर्केका छन्। विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने सरकारको निर्णय सँगै उनीहरुलाई आज नेपाल ल्याइएको छ। उनीहरु १४ दिन क्वारेन्टिनमा बसेपछि घर जाने छन्। यस्तै अन्य देशमा रहेका नेपालीलाई पनि स्वदेश फर्काउने तयारी सुरु भइसकेको छ।
कामका लागि भारत गएका र लकडाउनमा अलपत्र परेका सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका दुई हजार बढी नागरिक सोमबार नेपाल भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार गौरीफन्टा नाका हुँदै भित्रिएकामा सबैभन्दा बढी कैलालीका ६४७ रहेका छन् । डोटीका ५५३, बैतडी २५३, कञ्चनपुर १३४, डडेल्धुरा १९८ गरी दुई हजार २२७ जना आज नेपाल प्रवेश गरेका हुन् ।