काठमाण्डौ – नेपालको पछिल्लो राजनीतिक घटनाक्रम आन्तरिक मामिला भएको भारतको विदेश मन्त्रालयले बताएको छ । बुधवार सञ्चारमाध्यमले सोधेका प्रश्नको उत्तर दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पत्र प्राप्त भएको र त्यो आन्तरिक मामिला भएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘नेपालमा विकसित पछिल्लाे राजनीतिक घटनाक्रमलाई हामीले आन्तरिक मामिलाका रुपमा लिन्छौँ र यस विषयमा नेपालले आफ्नै ढाँचा र लोकतान्त्रिक प्रक्रियाबाट यसको समाधान गर्नुपर्छ ।’
...