नेपालको नयाँ राजनीतिक घटनाक्रम आन्तरिक मामिला : अमेरिकी दूतावास

संसद विघटनलगायत नेपालमा विकसित राजनीतिक घटनाक्रमलाई लिएर चीन र भारतपछि अमेरिकाले पनि मुख खोलेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई चीन र भारतले जस्तै नेपालको आन्तरिक मामिला भनेको छ ।