गुल्मी : असार मध्य हुँदा गुल्मीमा ८३९ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ। धान खेती हुने कुल क्षेत्रफलको नौ दशमलब पाँच प्रतिशत हो। गत वर्ष यस अवधिमा सात प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएको थियो।कृषि ज्ञान केन्द्र गुल्मीका कृषि अर्थ बिज्ञ युवराज ढकालका अनुसार गुल्मीमा नौ हजार २७१ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको। यसपटक गतवर्ष भन्दा छिटो पानी परेकाले रोपाइँ छिटो भएको उनले बताए।धान खेती हुने खेतमध्ये धेरै स्थानका खेतहरुमा अहिले मकै रहेकाले साउनको सुरुदेखि रोपाइँको क्षेत्रफल बढ्ने केन्द्रले जनाएक