लुम्बिनी प्रदेशको पहाडी जिल्लामध्ये धेरै धान उत्पादन हुने गुल्मीमा यस वर्ष साउनको पहिलो साता ६५.३७ प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार गतवर्ष ८ हजार ६७० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । यसवर्ष यो क्षेत्रफल घट्ने केन्द्रको प्रक्षेपण छ ।