शिवमहादेव मन्दिर जहाँ चढाईन्छ ‘कुमार केटा’

कुमार केटाले १६ वर्ष पार वा परस्त्रीसंग सम्वन्ध नराखुन्ञ्जेल पुजाआजा र मन्दिरको हेरचाह गर्छन्। जसलाई स्थानीय भाषामा देउकेटा अर्थात देवतालाई चढाएको केटा भन्ने गरिन्छ। ५ सय वर्षभन्दा पहिलेदेखी केटा चढाउने प्रथा अँझै कायमै रहेको छ।...

सम्बन्धित सामग्री

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा विशेष सरसफाइ

काठमाडाैँ – राजधानीको पूर्वोत्तर भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा महाशिवरात्रिको तयारीस्वरुप सरसफाइ गरिएको छ। गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिको नेतृत्वमा भएको सरसफाइमा जिल्ला वन कार्यालय काठमाडौँ, यज्ञडोल (जगडोल) सामुदायिक वन उपभोक्ता समूह, गोकर्णेश्वर नगरपालिकाका वडा नं ४ र ९ का स्थानीयवासी एवं जनप्रतिनिधिलगायतको सहभागिता थियो। मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहनुभएका वडा नं […]

आन्तरिक पर्यटकको रोजाइमा थानापति महादेव मन्दिर

रामेछाप। रामेछाप सदरमुकाम समेत रहेको मन्थली नगरपालिका–९ पुरानागाउँमा जिल्लाकै ऐतिहासिक तथा धार्मिक तीर्थ स्थल थानापति महादेव मन्दिर छ । स्थानीयका अनुसार यो थानापति महादेव मन्दिर काठमाडौँको पशुपति, पूर्वी नेपालको हलेसी महादेव जत्तिकै महत्त्वको महादेव मन्दिर हो । यो मन्दिरको इतिहास तीन सय वर्षभन्दा पनि पुरानो रहेको स्थानीय बताउँछन् । यो मन्दिरमा गई पूजा आराधना गरी […]

ओली पुगे त्रिपुरेश्वरको महादेव मन्दिर

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार बिहान त्रिपुरेश्वर महादेव मन्दिर पुगेका छन् ।काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी प्रचारप्रसार कार्यक्रममा सहभागी हुनुपूर्व अध्यक्ष ओलीले महादेव मन्दिरको दर्शन गरेका हुन्।  नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार किरण पौडेलले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिँदै काठमाडौंका धार्मिक र सांस्कृतिक सम्पदाहरुको संरक्षणलाई चुनावी एजेण्डा बनाएसँगै ओलीले संस्कृति सम्पदाको अवलोकन एवं दर्शनका लागि त्रिपुरेश्वर

त्रिपुरेश्वरको महादेव मन्दिर पुगे केपी ओली

१६ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिपुरेश्वरको महादेव मन्दिर दर्शनका लागि पुगेका छन् । काठमाडौं क्षेत्र नम्बर १ का एमाले उम्मेदवार किरण पौडेलको चुनाव प्रचारको सिलसिलामा ओली त्रिपुरेश्वरको मन्दिरमा गएको उनको सचिवालयले जनाएको छ । ‘किरण पौडेलले काठमाडौंका धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणलाई चुनावी एजेण्डा बनाउनु भएको छ, किरणकै योजना अनुसार […]

भूकम्पले ध्वस्त भएको साढे सात वर्षपछि विश्वेश्वर महादेव मन्दिर पुनःनिर्माण सुरु

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त हनुमानढोका दरबार क्षेत्रको विश्वेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि साढे सात वर्षपछि शिलान्यास भएको छ । राजा भुपालेन्द्र मल्लको पालामा बनेको मन्दिर तीन तहको पेटीमा थियो । भूकम्पले क्षति गरेको मन्दिर साढे सात वर्षपछि पुनः निर्माण गर्न लागिएकामा स्थानीयवासीले खुशी व्यक्त गरेका छन् । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर …

सिद्धनाथ महादेव मन्दिर अस्तित्वको संकटमा

४ साउन, काठमाडौं । शिवभक्तिको महिमा गाइने साउनको महिना छ । भक्तजन पुकारा गर्दैछन्, ‘हे भोलेबाबा..! हे शिवशङ्कर..! हाम्रो उद्धार गर ।’ तर महोत्तरीको भङ्गाहा नगरपालिका–५ सिद्धपुरस्थित सिद्धनाथ महादेव मन्दिर आफैँ अस्तित्वको संकटमा छ । बडहरी र रातु नदीको सङ्गम (दोभान)स्थित यो प्राचीन शिवालय वर्षेनीको कटानबाट अस्तित्वको सङ्कटमा परेको हो । साउन लागेपछि भोलेबाबालाई गाईको […]

पुनर्निर्माणको पर्खाइमा महादेव मन्दिर

दोलखा । भूकम्पले क्षति भएको दोलखाको गौरीशङ्कर गाउँपालिका–२ जुँगु माझगाउँमा रहेको नीलकण्ठेश्वर महादेव मन्दिर अहिलेसम्म पुनर्निर्माण हुन नसक्दा नियमित पूजा तथा मेलामा समस्या भएको स्थानीयले गुनासो गरेका छन् । परापूर्व कालदेखि पूजा हुँदै आएको नीलकण्ठेश्वर महादेवको शिलालाई २०१७ सालमा स्थानीय नरध्वज कार्कीले मन्दिर बनाएर व्यवस्थित गरेका थिए । उक्त मन्दिर २०७२ सालको भूकम्पले क्षति भएपछि […]

ऋषेश्वर महादेव मन्दिर खुला

काठमाडौँको टेकुस्थित ऋषेश्वर महादेव मन्दिर ऋषि पञ्चमीका दिन आज सर्वसाधरणका लागि खुला गरिएको छ ।

ऋषेश्वर महादेव मन्दिर पञ्चमीमा खुला रहने

काठमाडौँ– काठमाडौँको टेकुस्थित ऋषेश्वर महादेव मन्दिर ऋषि पञ्चमीका दिन खुला गरिने भएको छ । सप्तऋषिको पूजा आराधना गर्न आउने भक्तजनको आग्रहअनुसार मन्दिर खुला गर्न लागिएको हो । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन खुला गरिने उक्त मन्दिर विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ महामारीका कारण गत वर्ष बन्द गरिएको थियो । दर्शनका लागि स्वास्थ्य मापदण्ड र सामाजिक दूरी […]

सन्तानेश्वर महादेव मन्दिर परिसरमा बेलका बिरुवा रोपण

ललितपुर, १८ साउन: गोदावरी नगरपालिका–ं १३ स्थित सन्तानेश्वर महादेव मन्दिर परिसरमा साउनको तेस्रो सोमबार बेलका बिरुवा रोपिएका छन् । विसं २०६९ देखि हरेक वर्ष साउनको दास्रो सोमबार विभिन्न जातका फलफूल तथा औषधिजन्य बिरुवा रोप्ने गरिएकामा आज ५४ बेलका बिरुवा रोपिएको मन्दिर संरक्षण समितिका अध्यक्ष विनोद खडकाले बताए । उनले भने, “यसअघि कटुस, रुद्राक्ष, अमलालगायत ३५ […]