सन्तानेश्वर महादेव मन्दिर परिसरमा बेलका बिरुवा रोपण

ललितपुर, १८ साउन: गोदावरी नगरपालिका–ं १३ स्थित सन्तानेश्वर महादेव मन्दिर परिसरमा साउनको तेस्रो सोमबार बेलका बिरुवा रोपिएका छन् । विसं २०६९ देखि हरेक वर्ष साउनको दास्रो सोमबार विभिन्न जातका फलफूल तथा औषधिजन्य बिरुवा रोप्ने गरिएकामा आज ५४ बेलका बिरुवा रोपिएको मन्दिर संरक्षण समितिका अध्यक्ष विनोद खडकाले बताए । उनले भने, “यसअघि कटुस, रुद्राक्ष, अमलालगायत ३५ […]

सम्बन्धित सामग्री

बाँकेमा धार्मिक पर्यटन प्रवर्द्धनका लागि पर्यटनमार्ग बनाइँदै

राँझा । बाँकेका धार्मिक पर्यटकीय क्षेत्रको प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले पर्यटनमार्गको अवधारणा अगाडि बढाइएको छ । जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थललाई समेटेर पर्यटनमार्ग निर्माणको अवधारणा अगाडि बढाइएको हो । ग्रामीण क्षेत्रमा रहेका ऐतिहासिक मन्दिर र धार्मिक क्षेत्रलाई नेपालगञ्जस्थित बागेश्वरी मन्दिरसम्म जोड्दै बैजनाथको गाभरमा रहेको पारिजात बगानसम्म पुर्‍याउने गरी पर्यटनमार्गको परिकल्पना गरिएको बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले जानकारी दिए ।  उनका अनुसार उक्त पर्यटनमार्ग राप्तीसोनारी गाउँपालिका-१ स्थित शिवमन्दिर, वडा नं ३ बैजापुरस्थित भुवरभवानी मन्दिर, वडा नं ४ स्थित बर्फानी बाबा, वडा नं ७ फत्तेपुरस्थित पोखरामाता मन्दिर, नरैनापुरको सन्तानेश्वर महादेव मन्दिर हुँदै नेपालगञ्जको वागेश्वरी मन्दिरसम्म पुर्‍याउने योजना छ । कोहलपुरको कालिका मन्दिर, रामजानकी मन्दिर हुँदै बैजनाथ गाउँपालिकामा रहेको मानसरोवर प्रतीकस्थल हुँदै गाभर क्षेत्रमा रहेको पारिजात बगानसम्म पुर्‍याउने गरी मार्ग तय गरिएको ढकालले बताए । उक्त मार्गको निर्माण योजनाबद्ध तरिकाले अगाडि बढाउन मदन भण्डारी धार्मिक पर्यटनमार्ग संरक्षण तथा प्रवर्द्धन समिति गठन गरिएको छ । जिल्लामा रहेका ऐतिहासिक मठमन्दिर तथा धार्मिकस्थलको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले पर्यटनमार्ग निर्माणको योजना बनाएर काम शुरू गरिएको समितिका अध्यक्ष खिलराज भुसालले बताए । ‘कतिपय ऐतिहासिक मठमन्दिरको संरक्षण नहुँदा जीर्ण भएका छन् भने प्रचारप्रसार नहुँदा जिल्लावासीलाई धार्मिक पर्यटकीयस्थलबारे जानकारी छैन,’ उनले भने, ‘पर्यटनमार्ग निर्माणपश्चात् त्यस्ता धार्मिकस्थलको संरक्षण हुनुका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्नेछ ।’ पर्यटनमार्ग निर्माण गरी प्रचार-प्रसार गर्दा एकैपटक धेरै धार्मिकस्थलको अवलोकन गर्न सकिने भएकाले यसले पर्यटन प्रवर्द्धनमा सकारात्मक भूमिका निर्वाह गर्ने जिल्ला पर्यटन प्रवर्द्धन समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए । धार्मिक पर्यटनमार्गले सहरका आन्तरिक धार्मिक पर्यटकलाई गाउँ-गाउँसम्म पुर्‍याउनुका साथै समाजलाई बुझ्ने अवसर प्रदान गर्ने गाभर भ्याली सामुदायिक होम स्टेका अध्यक्ष कृष्ण चौधरीको भनाइ थियो । उनले गाभरको पारिजात बगानलाई उक्त मार्गले समेट्ने भएपछि समग्र गाभरको विकासमा सघाउ पुग्ने अपेक्षा गरे । बाँकेका ग्रामीण क्षेत्रमा सन्तानेश्वर, बाबा बर्फानी, भुवर भवानीलगायत धार्मिक क्षेत्रमा दैनिक सर्वसाधारण जाने गरेका छन् भने नेपालगञ्जको वागेश्वरी मन्दिरमा प्रत्येक सोमवार हुने महाआरतीमा भक्तजनको भीड लाग्ने गरेको छ । -रासस

ललितपुरको सन्तानेश्वरमा श्रीपञ्चमीदेखि शिवपुराण ज्ञान महायज्ञ

ललितपुरट : गोदावरी नगरपालिका– १३ झरुवारासीमा अवस्थित सन्तानेश्वर महादेव मन्दिरमा ११ वर्षे विराट ज्ञान महायज्ञ तथा शिवपुराण महोत्सव हुने भएको छ। श्री सन्तानेश्वर महादेव मन्दिर संरक्षण तथा संवर्धन सेवा संघको आयोजनामा माघ १२ गते श्रीपञ्चमीदेखि २२ गते स्वस्थानी समापन पूर्णिमासम्म विराट ज्ञान महायज्ञ गर्न लागिएको हो। संघका अध्यक्ष विनोद खड्काका अनुसार श्रीपञ्चमीमा एक हजार ८ कलशयात्रासँगै महायज्ञ सुरु हुनेछ। यो दिन श्रीस्वस्थानीको रथयात्रा तथा सन्तानेश्वरसहित नवनिर्मित मन्दिरहरूको समुद्घाटन गर्ने कार्यक्रम छ...

सन्तानेश्वर महादेव मन्दिर : मनोरम दृष्यसँगै भगवानकाे दर्शन

जिल्ला सदरमुकाम नेपालगन्जदेखि २५ किलोमिटर हुलाकी सडक भएर पूर्व गए नरैनापुर गाउँपालिका ५ लालपुर आउँछ। त्यहाँबाट ८ किलोमिटर जंगलको बाटो पैदल हिँडेपछि सन्तानेश्वर मन्दिरमा पुगिन्छ। नरैनापुर गाउँपालिकाको कोहला गाउँको जंगलमाथि...

असन पुग्यो काठमाडौं महानगरको टोली

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोली उपत्यकाको पुरानो बजार असन पुगेको छ । वडाले दिएको अल्टिमेटम सकिएपछि महानगरको टोली निरीक्षणमा असन पुगेको हो । आइतबार वडा नम्बर २५ ले इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिर, असन क्षेत्रका मन्दिर आसपासका अवैध संरचना भत्काउन २४ घण्टे अल्टिमेटम जारी गरेको थियो । अल्टिमेटमअनुसार व्यापारी आफैले हटाए÷नहटाएको...

सन्तानेश्वर वन क्षेत्रमा श्रीखण्ड रोपण

ललितपुर। गोदावरी नगरपालिका–१३ स्थित सन्तानेश्वर महादेव मन्दिर वनक्षेत्रमा आज श्रीखण्ड रोपण गरिएको छ। शिवजीलाई सबैभन्दा बढी मनपर्ने वस्तुमा श्रीखण्ड पनि रहेकाले सो वृक्षरोपण गरी प्राकृतिक संरक्षणमा समेत जोड दिइएको हो। बिहान नगरपालिकाका जनप्रतिनिधिका साथै विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिको उपस्थितीमा ५४ श्रीखण्डका वृक्ष रोपिएको सन्तानेश्वर मन्दिर संरक्षण तथा संवद्र्धन सेवा समितिका अध्यक्ष विनोद खड्काले बताए।

मन्दिर दर्शनका लागि जाँदै गरेकी महिलाको मृत्यु

बाँकेको नरैनापुर गाउँपालिकामा रहेको सन्तानेश्वर महादेव मन्दिर दर्शनका लागि जाँदै गरेकी महिलाको मृत्यु भएको छ ।