जनकपुरधाम- महोत्तरीको भंगहा नगरपालिकामा दुई समुदायबीच झएको झडपमा संलग्नलाई कारबाही गर्ने निर्णय भएको छ। शुक्रबार बसेको सर्वदलीय बैठकबाट बिहीबार हिन्दु र मुस्लिम समुदायबीच भएको झडपमा संलग्न रहेको दोषीलाई कारबाही गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले जानकारी दिए। बैठकले भंगाहा नगरपालिका-८ को पररियामा हिन्दु वाहिनी सेना सम्राटबाट छठ पर्वको अवसरमा निकालिएको कलश तथा […]