लुम्बिनी प्रदेशका तीन सांसदलाई कारबाही गर्ने जसपाको निर्णय

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशका तीन सांसदलाई कारबाही गर्ने भएको छ। मंगलबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेश सरकारमा सहभागी सांसदहरूलाई बर्खास्त गर्न प्रदेशका सभामुखलाई पत्र लेख्ने निर्णय गरेको हो। बैठकले प्रदेश सांसदहरू विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सन्तोष पाण्डेलाई सांसदबाट निष्कासन गर्न पत्र पठाउने निर्णय गरेको प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए।

सम्बन्धित सामग्री

मन्त्री फिर्ता बोलाउने जसपाको निर्णय, बाबुराम भट्टराईलाई कारबाही गर्ने

काठमाडौं :  जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा रहेका सबै मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ। गएराति अबेर सकिएको कार्यकारिणी बैठकले सरकारमा रहेका चारै जना मन्त्री फिर्ता बोलाएर अरु सांसदलाई सरकारमा पठाउने निर्णय गरेको हो। बैठकमा सहभागी नेता मृगेन्द्र कुमार सिंह यादवले मन्त्री फेर्ने निर्णय पहिलाकै भएको र हिजो कार्यान्वयनको विषय उठाइएको बताए। बैठकले मन्त्री फेर्ने र नयाँ मन्त्री छान्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ।  यस्तै बैठकले पार्टीका संघीय परिषद् अध्यक्ष डा

प्रधानमन्त्रीविरुद्ध ल्याईने अविश्वास प्रस्तावको पक्षमा रहने जसपाको निर्णय

जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध ल्याईने अविश्वास प्रस्तावको पक्षमा रहने निर्णय गरेको छ ।  वैशाख १४ गते बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकमा लुम्बिनीका ४ जना जना प्रदेश सांसदलाई कारबाही ...