काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले नेपाली शेयर बजारमा देखिएका समस्या समाधान गर्न मन्त्रालयले चार सदस्यीय सुझाव समिति गठन गरेको बताउनुभएको छ । आज बुधवार नेपाल धितोपत्र बोर्डको ३० औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै मन्त्री शर्माले धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकका प्रतिनिधिसहित चार सदस्यीय समिति गठन गरेको बताउनुभएको हो ।
अर्थमन्त्री शर्माले समितिले दिएको सुझावका आधारमा शेयर बजार सुधारको काम गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । उहाँले शेयर बजारमा संलग्न रहेका लाखौँ लगानीकर्ता र सयौँ कम्पनीको समस्यालाई सरकारले गम्भीर...