एजेन्सी- जर्मनीको एक अदालतले मंगलबार पूर्वनाजी कन्सन्ट्रेसन क्याम्पका एक १०१ वर्षीय गार्डलाई पाँच वर्षको जेल सजाय सुनाएको छ। जोसेफ सुएज विश्वयुद्धको समयमा युद्ध अपराधमा संलग्नताका लागि मुद्दा चलाइएका अहिलेसम्मकै वृद्ध हुन्। सुएजलाई सन् १९४२ देखि १९४५ को बीचमा बर्लिनको उत्तरी भाग ओरानिनवर्गको साचसेनहाउसेन क्याम्पमा जेल गार्डको रूपमा काम गर्दा हत्यामा संलग्न भएको अभियोगमा दोषी ठहर […]