मानव संशाधनमन्त्री शिवकुमारका अनुसार श्रमिकलाई सरकारले तोकेको भन्दा कम तलब दिने, अवैध ज्याला कटौती गर्ने, धेरै काम लगाउने र राहदानी जफत गरिदिनेजस्ता कार्य गर्ने कम्पनीलाई कारबाही गरिएको हो ।
काठमाण्डौ – विदेशमा अलपत्र परेर फर्किएका श्रमिकलाई क्षतिपूर्ति नदिने दुई म्यानपावर खारेज गरिएकाे वैदेशिक रोजगार विभागले जनाएको छ ।
वैदेशिक रोजगारीमा पठाएर करार अनुसारको काम र तलब नपाई अलपत्र परेर फर्किएका श्रमिकलाई पटक पटक ताकेता गर्दा पनि क्षतिपूर्ति नदिएपछि डिलक्स एचआर सोलुसन र डी–स्क्वार ग्रुपको नवज्योति एचआर सोलुसन म्यानपावर कम्पनी खारेज गर्दै एक लाख रुपैयाँ जरिवानासमेत गरिएको विभागले जनाएको छ ।
यी म्यानपावरले वैदेशिक रोजगारीमा पठाएका श्रमिकले करार सम्झौता अनुसार सेवा सुविधा नप...
दोहा – कतारमा कम्पनीले तलब नदिएको भन्दै विरोध गर्ने ६० आप्रवासी कामदारलाई देश निकाला गरिएको छ । ६ महिनाको तलब नपाएको विरोधमा सडकमा उत्रिएका ६० जना कामदारलाई पक्राउ गरी देश निकाला गरिएको कतारको आप्रवासी अधिकारले जनाएको छ । सुरक्षा कानुन तोडेर आन्दोलन र र्याली गरेको भन्दै कतारले नेपालसहित भारत, बङ्गलादेश, इजिप्ट र फिलिपिन्सका श्रमिकलाई देश […]
१५ कात्तिक, काठमाडौं । नेपालले ‘आबुधाबी डायलग’को छैठौं मन्त्रीस्तरीय बैठकमा विदेशमा कार्यरत श्रमिकको न्युनतम तलब वृद्धिको माग गरेको छ । श्रमिक पठाउने र लिने मुलुकहरुबीच भएको बैठकमा नेपालले श्रमिकलाई कार्यस्थलमा सुरक्षा प्रत्याभूति गराउनुपर्ने पाँच वटा प्रमुख मुद्दाहरुलाई उठाएको छ । बैठकमा नेपालकोतर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णप्रसाद श्रेष्ठ (किसान)ले नेतृत्व गरेका थिए । […]
१२ साउन, काठमाडौं । सरकारले एकैपटक एक हजार जना श्रमिकलाई इजरायल पठाउने गरी विज्ञापन प्रकाशित गरेको छ । वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार छनोटका लागि आवेदन आव्हान गरेको थियो । यसरी जाने श्रमिकले महिनामा १६०० सय अमेरिकी डलर अर्थात् एक लाख ९२ हजार बराबर मासिक तलब पाउनेछन् । एक […]
प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ पुर्याउने घोषणा गरेसँगै निजी क्षेत्रले असन्तुष्टि व्यक्त गरेको छ। प्रधानमन्त्री ओलीले शनिबार श्रमिक दिवसको अवसरमा भिडिओ सन्देश दिँदै श्रमिकलाई अहिले दिँदै आएको न्यूनतम तलब मासिक १३ हजार ४ सय ५० रूपैयाँबाट बढाएर १५ हजार पुर्याउने घोषणा गरेका छन्।
श्रमिकको दैनिक न्यूनतम ज्याला ५१७ रूपैयाँबाट बढाएर ५७७ रूपैयाँ र प्रतिघन्टा ज्याला ६९ रूपैयाँबाट ७७ रूपैयाँ पुर्याउने जनाएका छन्। प्रधानमन्त्री ओलीका अनुसार यो तलबमान आगामी साउन १...
नेपालबाट श्रमिकहरु जाँदा श्रमिक र रोजगारदाताबीच एकखाले रोजगार सम्झौता गरिएको हुन्छ । त्यो सम्झौतामा कामदारले कति तलब पाउने, ओभर टाइम कति हुने भन्ने उल्लेख गरिएको हुन्छ ।
विशेषगरी दक्षिण एसियाबाट गएका श्रमिकलाई सम्झौता अनुसारको तलब सुविधा नदिने गरेकाे देखिन्छ ।
त्यो रोजगारदाताले गरेको ठगी र शोषण हो । त्यसको विरुद्धमा सम्बन्धित गन्तव्य देशमा पनि उजुरी दिने व्यवस्था हुन्छ । तर विभिन्न कारण जस्तो पैसा, भाषा, त्यहाँको न्यायिक प्रणाली नबुझेका कारणले उनीहरूले व्यवस्थापकको विरुद्धमा उजुरी गरेर कम्पनीलाई जिम्मेवार बना...
कतार सरकारले रोजगारदाता कम्पनीबाट तलब नपाएका श्रमिकलाई कल्याणकारी कोषबाट रकम भुक्तानी गर्न थालेको छ । कामदारको तलब सुरक्षित गर्नका लागि कतारले कल्याणकारी कोष स्थापना गर्ने घोषणा गरेको थियो ।
कतारले नयाँ घोषणा गरेको न्यूनतम तलबलाई रोजगारदाताले मार्चदेखि अनिवार्य कार्यान्वयन गर्नुपर्ने जनाएको छ । कतारले ६ महिनाअगाडि अदक्ष श्रमिकको न्यूनतम तलब एक हजार रियाल घोषणा गरेको थियो ।
प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले नेपाली समुदायका प्रतिनिधिसँग छलफल गरी यसबारे जानकारी गराएको हो । ‘मार्चदेखि सबै रोजगारदाताले आफ्ना श्रमिकलाई कतार सरकारले तोकेको न्यूनतम तलब भुक्तानी गर्नुपर्छ,’ श्रम मन्त्रालयका सचेतना, निर्देशन तथा श्रम महाशाखा प्रमुख साल्ह अल खलाफले भने, ‘हामी यसलाई कडाइका साथ कार्...