काठमाडौँ- पाकिस्तानमा भएको बस दुर्घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार दुर्घटनामा परी अरु १० जना घाइते भएका छन् । पाकिस्तान नियन्त्रित काश्मिर अन्तर्गत पर्ने गिल्गिट बाल्टिस्तानमा यात्रुवाहक बस गहिरो नदीमा खसेको थियो । घुम्तीमा तीव्र गतिमा चलाएकाले बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी अधिकारीहरूले जनाएका छन् । […]