काठमाडौं : प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरेको छ। माधव नेपालसहित १४ सांसदको कारबाही रोकेर सभामुखले पार्टी विभाजनमा भूमिका खेलेको भन्दै एमालेले संसद अवरोध गरेको हो। बैठकमा एमाले सांसदले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी गरेका छन्। बैठकमा सभामुखले नेपालको संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्दाहरूको सम्बन्धमा संघीय संसदको कुनै पनि सदनमा छलफल गर्न बन्देज गरेको व्यहोरा जानकारी गराइरहेका छन्। यस्तै, प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ को खण्ड ख, ग र घ