बीमामा अनुदानको ब्यबस्था गर्न सुदूरपश्चिम सरकारसँग अध्यक्ष सिलवालको आग्रह

बीमा समितिको आयोजनामा आज कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको संघीय स्वरूप अनुरूप आम नागरिकलाई बीमाको दायरामा ल्याउन ठोस कानूनी व्यवस्थाका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा बीमा समितिले प्रदेश कार्यालय स्थापना गर्न लागेकोमा प्रशन्नता प्रकट गर्दै बीमा बारेका फरक फरक बुझाईमा एकरूपता कायम गर्न बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रम संचालनलाई व्यापकता दिनुपर्ने बताए ।सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव रामेश्वर दंगालले विभिन्न प्रकोपका कारण हुने हानी नोक्सानीबाट आइपर्ने आर्थिक नोक्सानी कम गर्नका लागि सरकारले नै अनुदान दिएर बीमा गर्ने व्यवस्था गर्नुपर्ने बताए ।प्रमुख सचिव दंगालले बीमा समितिको प्रादेशिक कार्यालय र प्रदेश सरकारबीच आपसी समन्वयका लागि नीति बनाउनुपर्ने उल्लेख गर्दै बीमा क्षेत्रको विकास एवम् विस्तारका लागि नेतृत्व लिन प्रदेस सरकार तत्पर रहेको बताए ।बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेश सरकार जनताको नजिकको सरकार भएकाले जनतालाई बीमाको दायरामा ल्याउन प्रदेश सरकारले आर्थिक सहायता एवम् अनुदानको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए । अध्यक्ष सिलवालले बीमाको पहुँच विस्तारका लागि आवश्यक समन्वय गर्न प्रदेश सरकारले सम्पर्क व्यक्ति तोक्नु्पर्ने र प्रदेश बीमा नीति समेत बनाउनुपर्ने बताए ।उनले बीमा समितिले समितिको प्रादेशिक कार्यालयलाई अधिकार सम्पन्न बनाउने जानकारी दिदै बीमा कम्पनीहरूलार्इं पनि आ–आफ्ना शाखा कार्यालयहरूलाई अधिकार प्रत्योजन गर्न आग्रह गरे  ।कार्यक्रममा बीमा सम्बन्धी जानकारीमूलक कार्यपत्र प्रस्तुत गर्दै बीमा समितिका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले बीमा दाबी भुक्तानीलाई छिटोछरितो रूपमा सहज बनाउन जोड दिँदै आएको र बीमा कम्पनीहरुमा सुशासन कायम गर्न नियमनलाई सघनरुपमा अगाडि बढाइएको जानकारी दिए ।उनले प्रदेश सरकारहरूसँगको समन्वयमा बीमा समितिले नीति निर्माण र  निर्देशनहरू तयार गरी सोही अनुसार कार्यान्वयनमा लैजाने उल्लेख गर्दै बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि स्थानीय तहहरुमा बीमा सचेतना कार्यक्रम संचालन गर्दै आएको बताए ।कार्यक्रममा सहभागीहरुले बीमा कम्पनीहरुले बीमा दाबी भुक्तानी दिन ढिलाई गर्ने गरेको, बीमा भुक्तानी माग गर्ने प्रक्रिया झन्झटिलो रहेको, माछा बीमा गर्न समस्या देखिएको, ग्रामीण क्षेत्रका विपन्न बर्ग बीमा बारे बेखबर रहेको लगायतका धारणा राखेका थिए ।अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री र प्रदेश मन्त्रालयका सचिवहरु, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कैलालीका प्रमुख जिल्ला अधिकारी, बीमा कम्पनीहरु मेट लाइफ र नेको इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको बीमा समितिले जनाएको छ। 

सम्बन्धित सामग्री

सुदूरपश्चिम र लुम्बिनीको‌ जित

सुर्खेत (हाम्रो खेलकुद)- सुदूरपश्चिम प्रदेशले सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सान्त्वना जित हासिल गरेको छ। वीरेन्द्रनगरको खुलामञ्चको कोर्टमा सोमबार  भएको दोस्रो खेलमा सुदूरपश्चिम कर्णाली प्रदेशलाई ३-१ ले सेटमा हराएको थियो। प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा सुदूरपश्चिमले प्रतिस्पर्धात्मक खेलमा कर्णालीलाई २५-२१,२१-२५, २५-१८ र २५-२३ ले हराएको थियो। यद्दपी सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिसकेको छ […] The post सुदूरपश्चिम र लुम्बिनीको‌ जित first appeared on हाम्रो खेलकुद.

सुदूरपश्चिम प्रदेशसभाः शोकप्रस्ताव पारित

सुदूरपश्चिम – सुदूरपश्चिम  प्रदेशसभाको आजको बैठकले प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी निधन भएको घटनाप्रति शोकप्रस्ताव पारित गरेको छ।  बैठकमा स्व सिंहको आत्माको चिरशान्तिको कामनाका लागि मौनधारण पनि गरिएको थियो।  सरकारी कामको सिलसिलामा बझाङ जाने क्रममा यही असार ५ गते बझाङकै केदारस्यु गाउँपालिकाको सडक खण्डमा भएको गाडी दुर्घटनामा परी मन्त्री सिंहको […]

सुदूरपश्चिम विश्वविद्यालयमा चलचित्र महोत्सव

कञ्चनपुर, वैशाख १६ । सुदूरपश्चिम विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने चलचित्र महोत्सव सुरु भएको छ । सो चलचित्र महोत्सवको नेपालस्थित युरोपियन युनियनका उपप्रमुख डा जोली हिभोनेट र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले संयुक्तरुपमा शुभारम्भ गरे । महोत्सवको शुभारम्भ गर्दै डा जोलीले ‘नेपाल युरोपियन फिल्म फेस्टिवल–२०२३’ को १२औँ संस्करणअन्तर्गत पहिलो चरणमा सुदूरपश्चिम विश्वविद्यालयमा आयोजना गरिएको जानकारी दिए । […]

सुदूरपश्चिम अपराजित रहँदै फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेश वाई वाई यू१९ राष्ट्रिय प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुग्ने पहिलो टोली बनेको छ । शुक्रबार सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ७ विकेटले हराउँदै शतप्रतिशत जितका साथ फाइनलमा स्थान पक्का गरेको हो । जितको लागि १ सय २५ रनको विजयी लक्ष्य सुदूरपश्चिम प्रदेशले १९.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । […]

सुदूरपश्चिम प्रदेशका सीमानाका तीन दिन बन्द हुने

भारतसँग जोडिएका सुदूरपश्चिम प्रदेशका सीमानाका तीन दिन बन्द हुने भएका छन् ।

‘सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठान ऐन’ विरुद्ध स्रष्टाहरू आन्दोलित

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको ‘सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठान ऐन’ संशोधनको माग राख्दै स्रष्टाहरू आन्दोलित भएका छन्...

सुदूरपश्चिम सेमिफाइनलमा

घरेलु टोली सुदूरपश्चिम धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रदेश २ लाई ८७ रनको अन्तरले हराउँदै सुदूरपश्चिमले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो...

‘सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा’

एमालेका प्रदेशसभा सदस्य पठानसिंह बोहराले सुदूरपश्चिम सरकार अल्पमतमा परेको बताएका छन्। सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशनको दोस्रो बैठकमा बोल्दै उनले एमालले प्रदेश सरकारबाट समर्थन फिर्ता लिइसकेको हुनाले सुदूरपश्चिम सरकार अल्पमतमा परेको बताएका हुन्।...

सुदूरपश्चिम हाम्रो कब्जामा हुनेछ - ओली

काठमाण्डाै – प्रधानमन्त्री एवं नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम आफ्नो दलको कब्जामा हुने दाबी गर्नुभएको छ ।सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई काठमाण्डौमा सम्बोधन गर्दै ओलीले सुदूरपश्चिममा अब आफ्नो दलको बर्चस्व हुने र त्यसको लागि कडा परिश्रम गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । ‘सुदूरपश्चिमका जुझारु कार्यकर्ताले हाम्रो पार्टीलाई पहिलो बनाउनेछन्, सुदूरपश्चिम अब हाम्रो पार्टीको कब्जामा हुनेछ’, ओलीले भन्नुभयो ।पार्टीको संगठन निर्माण भइरहेको र सबै ठाउँमा नियुक्ती पूरा भइ नसकेकाले पद पाइन भनेर चित्त न...