काठमाण्डाै – दुर्गम क्षेत्रबाट काठमाण्डौ आएर बसेका विद्यार्थीहरूलाई सरकारले सहुलियतमा विद्युतीय चुल्हो उपलब्ध गराउने भएको छ । वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले सूचना निकालेर नेपाली नागरिकताको प्रमाणपत्र र शिक्षण संस्थाको परिचयपत्र र सिफारिससहित निवेदन दिन भनेको छ । खाना पकाउने ग्यासको बढ्दो मूल्य वृद्धिबाट विद्यार्थीलाई राहत दिन र विद्युतीय चुल्होको प्रवर्द्धनका लागि यस्तो कार्यक्रम ल्याएको केन्द्रले जनाएको छ । आउँदो २५ गतेसम्म निवेदन दिन सकिने छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको वेबसाइटमा रहेको फारम भर्न सूचनामा...