काठमाडौं । देशका ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान आयोग (सुकुमबासी आयोग) गठन गर्नै लाग्दा अकस्मात राजनीति परिवर्तन भए पछि भूमि व्यवस्था मन्त्रालयले नेपाल कम्युनिस्ट पार्टीका माधव–प्रचण्ड खेमा निकट व्यक्तिहरुको नाममा धमाधम टिपेक्स लगाउन थालेको छ । मन्त्रालय स्रोतका अनुसार पुस ५ गते संसद् विघटन गरिएको दिन आइतबार साँझसम्म मन्त्रिपरिषद्मा जिल्ला सुकुमबासी आयोग गठन गर्ने प्रस्ताव लैजाने तयारी भएको थियो । ‘५ गते संसद विघटन नभएको भए मन्त्रिपरिषद्मा प्रस्ताव पुगिसक्थ्यो’ मन्त्रालय स्रोतले भन्यो ।