५३८ करोडको बैंक घोटाला प्रकरणमा जेट एयरवेजका संस्थापक नरेश गोयल गिरफ्तार

नयाँ दिल्ली । ५३८ करोडको बैंक घोटाला प्रकरणमा जेट एयरवेजका संस्थापक नरेश गोयल गिरफ्तार भएका छन् । आर्थिक अपराधविरुद्ध कारबाही गर्दै आएको प्रवर्तन निर्देशनालय (ईडी)ले मनी लान्ड्रिङ प्रकरणमा शुक्रवार गोयललाई गिरफ्तार गरेको हो ।  भारतीय सञ्चार संस्था टाइम्स अफ इन्डियामा प्रकाशित एक समाचार अनुसार ईडीको मुम्बईस्थित कार्यालयमा गोयललाई घन्टौं सोधपुछ गरिएको थियो । घटनाको जाँचबुझमा गोयलले सहयोग नगरेको ईडी अधिकारीको भनाइ छ ।  समाचार स्रोतलाई उध्दृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको समाचारमा कैनरा बैंकसँग जोडिएको कर्जा घोटाला प्रकरणमा सोधपुछका लागि गोयललाई दिल्लीबाट मुम्बई ल्याइएको थियो । त्यसपछि उनलाई गिरफ्तार गरिएको थियो ।  अर्काे समाचार संस्था इकोनोमिक टाइम्सका अनुसार सीबीआईले गोयलविरुद्ध उक्त अपराधिक विश्वासघात तथा अपराधिक कदाचारको आरोप लगएको छ । गोयलका कारण कारण बैंकलाई ५३८.६२ करोड भारतीय रुपैयाको नोक्सान भएको सीबीआईको ठहर छ ।  के हो घटना ? टाइम्स अफ इन्डियाका अनुसार गत मे ३ मा कैनरा बैंकले गोयलविरुद्ध कर्जा घोटाला आरोपमा सीबीआईसमक्ष मुद्दा दायर गरेको थियो ।  बैंकका अनुसार गोयलको कम्पनीहरूले बैंकको कन्सोर्टियमको माध्यमबाट कर्जा लिएका थिए । तर, कम्पनीहरूले उक्त कर्जाको किस्ता तिरेका थिएनन् । सीबीआईले उक्त घटनामा नरेश गोयलकी पत्नी अनिता, गौरांग शेट्टी तथा अन्य व्यक्तिमाथि आरोप लगाएको छ ।  यही सिलसिलामा गत जुलाईमा ईडीले जेट एयरवेजका केही कार्यालयमा समेत छापा मारेको थियो ।  सन् २०११ अप्रिल १ देखि २०१९ जुन १९ सम्म गोयलको कम्पनीसँग जोडिएका खाताको फोरेन्सिक अडिट गरिएको थियो, जसमा पैसा डाइभर्ट गरी त्यसमा धाँधली गरेको कुरा खुलेको थियो । उक्त रिपोर्ट सन् २०२१ मा दिइएको थियो । बीबीसी हिन्दी

सम्बन्धित सामग्री

एनआइसी एसिया बैंकका संस्थापक अध्यक्ष अग्रवाल सम्मानित

एनआइसी एसिया बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार रहेका उद्योगी–व्यवसायी जगदीशप्रसाद अग्रवाल सम्मानित भएका छन् । उनलाई राष्ट्रपतिले ‘सुप्रबल जनसेवाश्री’ विभूषणद्वारा सम्मान गरेका हुन् ।  आफ्ना संस्थापक अध्यक्ष तथा हालका प्रमुख...

सिन्धु बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्री खुला

सिन्धु विकास बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणलाई बिक्री खुला गरेको छ । कम्पनीले संस्थाका केही संस्थापक शेयरधनीको नाममा  रहेको संस्थापक शेयर सर्वसाधारणका लागि आजबाट बिक्री खुला गरेको हो । बैंकका अनुसार संस्थापक शेयरमा इच्छुक जो कोही व्यक्ति, संघ संस्थाले सूचना प्रकाशित भएको अर्थात् साउन २६ गतेबाट ३५ दिनभित्र बैंकको कर्पोरेट कार्यालय बनेपामा निवेदन दिन सक्नेछन् ।उक्त समयमा पनि हाल कायम संस्थापक शेयरधनीको कुनै निवेदन प्राप्त नभएमा कानुन बमोजिम अन्य व्यक्तिलाई बिक्रीका लागि प्रक्रिय

२८ हजार ६२६ कित्ता संस्थापक शेयर विक्री गर्दै लुम्बिनी विकास बैंक

काठमाडौं, जेठ २० । लुम्बिनी विकास बैंकले २८ हजार ६२६ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी निरेन्द्र मोहन भट्टराईको नाममा रहेको उक्त शेयर संस्थापक शेयरधनीले मात्र खरीद गर्न मिल्ने गरी विक्रीमा ल्याएको जनाएको छ। शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त शेयर खरीद […]

लुम्बिनी जनरल इन्स्योरेन्सको एक लाख २२ हजार संस्थापक सेयर बेच्दै कुमारी बैंक

कुमारी बैंक लिमिटेडले लुम्बिनी जनरल इन्स्योरेन्समा रहेको आफ्नो एक लाख २२ हजार कित्ता बराबरको संस्थापक सेयर बेच्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको इन्स्योरेन्सको कुल १ लाख २२ हजार २ सय ८७ कित्ता संस्थापक सेयर बच्ने भएको हो ।सिलबन्दी बोलकबोल प्रक्रियामार्फत बिक्री हुने इन्स्योरेन्सले लागि जेठ १३ गतेदेखि २७ गतेसम्म आवेदन दिन सकिनेछ । प्रति कित्ता न्यूनतम २०० रुपैयाँ तोकिएको कम्पनीको सेयरका लागि तोकिएको मूल्य वा सोभन्दा बढी दरमा आवेदन दिन सकिनेछ । तर, खरिदकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १०

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं, १० फागुन । एनएमबी बैंक लिमिटेडले १ लाख ४७ हजार ९३७ कित्ता संस्थापक शेयर आज (मंगलवार) देखि बिक्रीमा ल्याएको छ । शेयर खरीदका लागि बैंकले पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीहरुलाई दिएको छ । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्ने बैंकको भनाइ छ । तोकिएको अवधिभित्र विद्यमान […]

कुमारी बैंकको संस्थापक शेयर लिलामीमा

२० पुस, काठमाडौं । कुमारी बैंक लिमिटेडको संस्थापक शेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । बैंकको ७ हजार १०३ कित्ता संस्थापक शेयर सोमबारदेखि लिलामीमा ल्याएको हो । बैंककी संस्थापक शेयरधनी रीता श्रेष्ठको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न सक्ने गरी लिलामीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र […]

संस्थापक सेयर बिक्री गर्दै प्रभु बैंक

काठमाडौं। प्रभु बैंकले संस्थापक सेयर बिक्रीमा गर्ने भएको छ। बैंकका अनुसार सेयर संस्थापक तथा सर्वसाधारण सेयरधनीका लागि बिक्री गर्न लागिएको हो। बैंकले प्रतिकित्ता २१० रुपैयाँका दरले कुल दुईलाख दुईहजार १८६ कित्ता सेयर बिक्री गर्ने जनाएको छ। लगानी गर्न चाहनेहरुले २१०देखि माथिको मूल्य तय गरेर साउन २९ गतेसम्म आवेदन दिनुपर्ने बैंकले बताएको छ। बैंकको सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल हो।